धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ भाद्र ।
ज्वालामूखी गाउपालिकामा आजदेखी अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा आएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गर्नुभएको हो ।
गाउँपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत पालिकाले आईतबारबाट अनलाइन राजस्व भुक्तानीको सुरूवात गरेको अध्यक्ष दनैले बताउनुभयो । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात गर्दै अगाडि बढेको उहाँले बताउनु भयो ।
सेवाग्राहीले अब गाउँपालिकाको “करदाता पोर्टल“ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल इ–सेवा र खल्तीवाट राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत केदार ईटनीले जानकारी दिनु भयो ।
गाउँपालिकाको वेवसाईट www.jwalamukhimun.gov.np मा गई करदाता पोर्टल खोली आफ्नो करदाता संङ्केत नं. राखेर रजिष्टर गरि सिधै भुक्तानी गर्न सकिने अधिकृत ईटनीले जानकारी गराउनु भएको छ ।
गाउपालिकामा हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ९ हजार भन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |