धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३ भदौ
गोदार थापा सेवा समाजको पन्ध्रौ बार्षिक साधारण सिन्धुलीमा हुने भएको छ । यहि भाद्र ९ गते हुने भेला तथा साधारण सभामा सहभागी हुनको लागि गोदार थापा सेवा समाजको अध्यक्ष कुवेर सिंह गोदार थापाले आग्रह गर्नुभएको छ । देशभर छरिएर रहेका गोदार थापाहरुलाई एकत्रित बनाई बंशावली खोजि गर्ने उदेश्यले बार्षिक साधारण सभाको आयोजना गरीएको कार्यक्रम संयोजक यज्ञ गोदार थापाले जानकारी दिनुभयो ।
यहि भाद्र ९ गते शनिवारको दिन सिन्धुली स्थित लक्षमण चोकमा रहेको प्रयास होटल रातमाटामा भेलाको आयोजना गरीएको राजाराम गोदार थापाले जानकारी दिनुभयो । गोदार थापा वंशजहरुले सिन्धुलीगढी युद्दमा बीरता देखाउनु भएको स्थान र अग्रज पुर्खाहरु जन्मनु भएको जिल्ला सिन्धुली भएको कारणले सिन्धुलीमा भेलाको आयोजना गरीएका हो ।
नेपाल एकीकरणको मह्त्वपुर्ण युद्धकील्ला सीन्धुलीगढी अबलोकन तथा गोदार थापाका वीर पुर्खा चम्पशिहं गोदार थापालाई श्री ५ पृथ्वीनारायण शाहले लालमोहर लगाई सिन्धुली प्रबेशको सुरक्षाको जिम्वेवारी दिएको स्थान भएको कारणले पनि सिन्धुली जिल्ला गोदार थापाहरुको लागि ऐतिहासि जिल्ला रहेको छ । गोदार थापा सेवा समाज २०६३,केन्द्रीय कार्यलय उर्लाबारी मोरङ्गको आयोजनामा हुने भेलामा देशभरका गोदार थापाहरुलाई अनिवार्य उपस्थितीको लागि गोदार थापा सेवा समाज केन्द्रिय कार्यालयले आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |