ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२८ साउन ।
धादिङको १३ वटै पालिकामा शिक्षक महासंघले आज धर्ना दिएको छ । सबै स्थानिय तहका शिक्षकहरुले आज ३ घण्टा धर्ना दिएका हुन् । केन्द्रिय कार्यक्रम अन्तरगत आज बिहान ११ बजेदेखी २ बजे सम्म आ आफ्नो पालिका अगाडी धर्ना दिइएको हो । बिभेदकारी ऐन,राहत शिक्षक ब्यबस्थापन ,बालशिक्षक र बिद्यालय कर्मचारी समायोजन र स्थायी शिक्षक पेन्सन कटौती लगाएतको बिरुद्धमा शिक्षकहरु हान्दोलित भएका हुन् ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आज नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार नीलकण्ठ नगरपालिका सहित जिल्लाको सबै स्थानित तहमा धर्ना दिएका हुन् । शिक्षक महासंघले माध्यमिक शिक्षा सम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ ।
स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरीएको छ ।सरकारले ल्याएको विधेयक नसच्चार कडा आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । विद्यालय बन्द सम्मको आन्दोलनको कार्यक्रम रहेको भन्दै माग सम्बोधन गरेर सहज वातावरण बनाउन समेत शिक्षक सम्बद्ध संघ संगठनहरुले माग गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |