धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ साउन ।
धादिङमा आँखा पाक्ने रोग फैलिएको छ ।अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको ।सामुदायिक आँखा केन्द्र धादिङमा पछिल्लो समय बिरामीको चाप बढेको छ ।मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् ।आँखा पाक्ने रोगको प्रकोपले आँखाको जाँचका लागि आउने अधिकांशमा आँखा पाक्ने रोगको संक्रमण देखिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख राम सिंह तामाङले बताउनुभयो।
बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहोर पदार्थहरु परेर आँखाको संक्रमण हुने तामाङले बताउनुभयो ।आँखामा संक्रमण हुँदा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षणहरु देखिने तामाङले बताउनुभयो ।आँखा पाक्ने रोगबाट बच्नको लागि जथाभावी रुपमा आँखा नछुन र आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्न, सफा पानीले आँखा सफा गर्न, अरुले प्रयोग गरेका तौलिया र रुमाल प्रयोग नगर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन तामाङले आग्रह गर्नुभएको छ।
आँखा पाकेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्न,आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्न, आफूले प्रयोग गर्ने रुमाल, तौलिया,कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने, कालो चस्माको प्रयोग गर्न, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने र जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन् । फाईल फोटो
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |