धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१५ साउन ।
नागरिकहरुको मागलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका वडा नम्बर ६ ले आदमघाट बजारबाट पनि सेवा प्रवाह गर्ने भएको छ।जरे बगैँचामा रहेको वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई असजिलो भएको भन्दै आदमघाट बजारबाटै सेवा दिन लागीएको वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङले जानकारी दिनुभयो ।
आदमघाटमा स्थापना गरीएको वडा कार्यालयको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आज उद्घाटन गर्नुभएको छ। काठमाण्डौँ,चितवन,पोखरा लगायत अन्य बजारमा बस्ने नागरिकहरुलाई सिफारीस लिन आउदा सहज होस भनेर आदमघाटमा कार्यालय स्थापना गरीएको हो। वडाको गेदे लगायत अन्य स्थानबाट सिफारीस लिन आउदा खोला तर्नुपर्ने जोखिम भएकोले ती स्थानका नागरिकहरुलाई हप्ताको एक दिन सेवा प्रवाह गरिने वडा अध्यक्ष तामाङले बताउनुभयो ।
हरेक हप्ताको सोमबार आदमघाट बजार स्थित अस्थायी प्रहरी बिटको माथिल्लो तलाबाट सेवा प्रवाह गरिने छ। वडा कार्यालय उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले वडा नं ६ को कार्यालयबाट प्रदान हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्धेश्यले कार्यलय स्थापना गरिएको श्रेष्ठले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |