नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ६, बिहिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
शिक्षा
ताजा समाचार

निःशुल्क शिक्षा कार्यक्रमबाट लाभ लिँदै धादिङका छोरीबुहारी

नीलकण्ठ एफ.एम
  • २०८० अषाढ ११, सोमबार
  • ३ साल अघि
  • १० मिनेट पढाइ
  • ५७४८ पटक पढिएको
निःशुल्क शिक्षा कार्यक्रमबाट लाभ लिँदै धादिङका छोरीबुहारी

धादिङ,१० असार
सिता सापकोटा (शितल)
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बगैँचा बस्ने रोजिता पाण्डे अहिले स्नातक तहमा अध्ययन गर्दै छिन् । उनी अहिले २७ वर्षको भइन् । उनको बुबाले आमा, बहिनी र उनलाई सानै उमेरमा छोडेर दोस्रो विवाह गरेका थिए । उनी भन्छिन्, “बुबाले दोस्रो विवाह गरेपछि बुबाको साथ र सपोर्ट त परको कुरा हो अहिलेसम्म अनुहार पनि देख्न पाएको छैन् ।”

बुबा नहुँदा समाजले पनि नराम्रो दृष्टिले हेरेको उनीसँग यस्था थुप्रै अनुभव छन् । घरमा केटा मान्छे छैनन्, केही कुरा सापटी लगेमा पनि फिर्ता गर्दैनन् । उनीसँग छिमेकीले गरेका व्यवहार अझै नि ताजा छन् । आँखा भरि आँसु बनाउँदै उनी भन्छिन्, “सबैले बलेको आगो त ताप्ने रैछ नि !”
बिहान खाए बेलुकाको छाक टार्न निकै धौधौ हुन्थ्यो । उनी भन्छिन्, “आमाले भाँडामा चामल सकिएको दिनमा आज चामालको भात नखाम है सधैँ कति खाने आज त मकै भुटेर खाने भन्नु हुन्थ्यो ।”

धेरै दिन त भोकै रात पनि बिताएको उनको अनुभव छ । “घरमा खाजा त झन् कहिले बन्दैन थियो । आमा कहिले कोही मेलापात गएका बेलामा सधैँ खाजा लैदिनु भएकाले जहिले नि आमा आउने बाटो हेरेर आँखा नै थाक्थ्यो”, उनी भन्छिन् ।

विद्यालय पढ्दा शुल्क तिर्न नसकेको उनीसँग थुप्रै अनुभव छन् । स्कुल पढ्दा उनी विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा भाग लिएर जसरी भएपनि पुरस्कार जित्नु नै पर्छ भने सोच आउथ्यो । त्यही पुरस्कार जितेको कपि कलमले केही दिनलाई सहज हुने कुराले नि उनी हरेक क्रियाकलापमा भाग लिने गर्थिन् ।

उनी बिदाको समयमा शनिबार मेला पात, घर बनाउने जस्ता काम गर्ने जान्थिन् । रोजिताले अहिले बिहे गरेको अहिले सात वर्ष भयो । उनले विवाहपछि पनि आफ्नो पढाइलाई निरन्तरता दिएकी छिन् । रोजिताले श्रीमानको धेरै साथ र सहयोग पाएकी छिन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले माध्यमिक तहका सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेको छ । स्नातक तहलाई आर्थिक अवस्था हेरेर निःशुल्क शिक्षा प्रदान गरेको छ ।

रोजिताले पनि केही वर्ष अगाडिदेखि गाउँपालिकाले प्रदान गरेको निःशुल्क शिक्षा पाएकी छन् । उनी भन्छिन्, “गाउँपालिकाले यो कार्यक्रम नलाएको भए म पनि बीचमा नै पढाई छाड्थे होला ।”

माध्यामिक तथा स्नातक पढ्दा सबै पैसा एकै पटक तिर्नुपर्ने हुनाले धेरै गाह्रो हुने उनको भनाइ छ । “अहिले भने त्यो समस्या हल भएको छ”, उनी भन्छिन्, “म जस्ता छोरी बुहारीले अहिले आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन्, विद्यालय छाड्नेको दर पनि कम हुँदै गएको छ ।”
छोरी बुहारीलाई निःशुल्क शिक्षा दिने कार्यक्रमलाई स्थानीय तहले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

पालिकाको यस कार्यक्रमबाट रोजिता मात्र खुसी छैनन् । त्रिपुरासुन्दरी–१ का विकेश कुमाल पनि उतिकै खुशी देखिन्छन् । उनी अहिले स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै छन् । उनी भन्छन्, “विद्यालय पढ्दादेखी नै कापीकिताब किन्नेका लागि गाह्रो थियो, निःशुल्क शिक्षा भए पछि सहयोग मिलेको छ ।”

आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा विद्यालयमा समयमा नै पैसा तिर्न नस्दा उनी वर्षको केही दिन दिन त बीच बाटोबाट नै घर फर्कनु परेको थियो । “विद्यालयमा पढ्दा बिदाको समयमा कापी कलम किन्न र अतिरिक्त कक्षा पढेको शुल्क तिर्नका लागि मेलापात जानुपर्ने थियो”, उनी भन्छन् ।

अब आफू नपढ्ने र पैसा कमाउन जान्छु भन्दा उनलाई घरमा बाबु आमाले पढ्नलाई नै कर गर्नु हुन्थ्यो । उनी भन्छन्, “आमाको मृत्यु भएको पनि दुईवर्ष भयो ।”

उनको आमा फरक क्षमता भएकी थिइन् । “अहिले आमा भएको भए जति दुःख आफूले गरेर भएता पनि आमालाई सुख दिन्थेँ होला जस्तो लाग्छ”, आँखा भरी आँसु बनाउँदै उनी भन्छन्, “कतैबाट घर जाने बित्तिकै भित्तामा राखिएको आमाको फोटो हेर्दै मनलाई बुझाउने गरेको छु ।”
उनीको घरमा अहिले बहिनि र बुबा मात्र छन् । उनी भन्छन्, “घरको जिम्मेवारी मेरो काँधमा छ ।” अहिले उनले त्रिपुरासुन्दरी गाउँपालिकामा नै जागिर खाएका छन् । जागिरबाट नै उनको दैनिक चलेको छ ।

गाउँपालिकाले प्रदान गरेको निःशुल्क शिक्षा लिन पाउँदा उनी निकै खुसी छन् । विकेशलाई कहिले काहीँ भने पालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन्छ कि दिँदैन भने डर लागि रहन्छ । यस कार्यक्रमबाट विद्यार्थी त लाभान्वित भएका छन् नै त्यो भन्दा बढी त्यहाँका अभिभावक खुशी छन् । अभिभावक पार्वती अधिकारी भन्छिन्, “पहिला छोराछारीले विद्यालयमा शुल्क तिर्नको लागि भनेर पैसा माग्दा भन्ने बित्तिकै दिन सकिदैन थियो, अहिले पालिका आफ्ले पैसा तिर्दिने भएपछि धेरै सहज भएको छ ।”

गाउँपालिकाभित्रका ११ मावि र दुई क्याम्पसमा अध्ययन गर्ने छ सय ७५ विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज पाठकले जानकारी दिए । माध्यमिक र उच्च माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक रु पाँच सय र स्नातक तह अध्ययन गर्ने विद्यार्थीका लागि मासिक रु सात सय गाउँपालिकाले विद्यालयको खातामा जम्मा गर्ने गरेको छ ।

बीचमा पढाइ छाडेका, बिहे गरेर बसेका व्यक्तिले पनि निःशुल्क शिक्षा पाउने भएपछि विद्यालय आउन थालेका छन् । विद्यार्थीलाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएको बेलामा पालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएपछि विद्यार्थीहरु बढ्न थालेका शिक्षा शाखा प्रमुख पाठकले बताए । “आर्थिक वा सामाजिक कारणले शिक्षा लिनबाट वञ्चित भएका, विद्यालयसम्म पहुँच नपुगेकाका लागि पनि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ”, उनले भने ।

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने भने पनि अधिकांश विद्यालयमा शुल्क उठाउने गरिएको छ । देशभरको सात सय ५३ स्थानीय तहमध्ये धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले मात्र निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२०%१०%३%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली मुख्य समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

५ घण्टा अघि
मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् मुख्य समाचार

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

५ घण्टा अघि
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

५ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

५ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

५ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

१ हफ्ता अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

१ हफ्ता अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

१ हफ्ता अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
समाचार
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0