धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा लम्पी स्किन रोग नियन्त्रणका लागी निःशुल्क खोप अभियान संचालन गरिएको छ ।
गाई भैसीमा महामारीकै रुपमा भैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागी नेत्रावती डवजोङ गाउपालिका पशु शाखाले अभियानकै रुपमा रोग नियन्त्रण कार्यक्रम संचालन गरिएको हो ।
अभियानको क्रममा सचेतना, औषिधि बितरण, पशुहरुको घाउँमा मलम लगाउने,पशुहरुको गोठमा सेनिटाइज गर्ने र निरोगी पशुहरुलाई खोप लगाउने कार्यक्रम संचालन गरिएको छ ।
नेत्रावती डवजोङ गाउपालिका वडा न ४ बाट शुरु भएको अभियान आज वडा न ५ मा जारी छ । अभियान बुधबार वडा न ३ मा हुने र त्यसपछि वडा न २, १ हुदै गाउपालिकाको सवै बस्तिमा पु¥याईने बताईएको छ ।
गाउपालिकामा कार्यरत ६ जनाको पशु बिज्ञहरुको टोलीले हाल स्थानिय स्तरमा किसानको घरदैलोमा नै पुगी सेवा दिईरहेका छन् ।
हाल सम्म नेत्रावती डवजोङ गाउपालिकामा २० वटा गाईगोरुको मृत्यू भैसकेको छ भने १० वटा भैसीमा लक्षण देखा परेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |