धादिङ । नीलकण्ठ नगरपालिकाले १४४ जना विद्यार्थीहरुलाई दलित छात्रवृत्ति वितरण गरेको छ । मंगलबार शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको हो ।
विद्यार्थीहरुलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरिएको छ । २०७९ को छात्रवृत्ति अन्तरगत ८० हजार छात्रवृत्ति पाउनेमा एमबीबीएसका विद्यार्थी रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । यस्तै बीडीएका विद्यार्थी सिजा विश्वकर्माले ४० हजार, प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा,सविता सिजालीले २५ हजार छात्रवृत्ति पाएका छन् ।
विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रममा बोल्नुहुँदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले छात्रवृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले शिक्षालाई पूर्ण निःशुल्क बनाउने अभियानमा नगरपालिका रहेको बताउँदै पूर्ण निःशुल्क नहुँदा सम्म छात्रवृत्तिलाई निरन्तरता दिने बताउनुभएको छ ।
त्यसैगरी उप–मेयर दिपक विश्वकर्माले शिक्षामा नगरपालिकाले विशेष योजनाका साथ काम गर्दै आएको बताउनुभएको छ । दलित तथा विपन्न समुदायका विद्यार्थीहरु गरिविका कारण शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थालाई यस किसिमको छात्रवृत्तिले राहात पुग्ने उपमेयर बिश्वकर्माको बताउनु भएको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुको विवरण
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |