धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२८ जेठ ।
ज्वालामुखी गाउँपालिकामा गाउँपालिका स्तरीय ३ दिवसीय उद्धघोषण तथा प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागि शुक्रबार देखि सुरु भएको दोस्रो चरणको तालिम आज सम्पन्न भएकोे हो ।
महिलाहरुलाई बोल्ने कलाको विकास गर्न, आफुमा भएको ज्ञान, सिप र क्षमतालाई मासमा प्रस्तुत गर्न, महिलाहरुले कुनै पनि कार्यक्रम संचालन तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रशासन शाखा अधिकृत अनिता छत्कुलीले बताउनुभयो ।
उद्धघोषण कला, कार्यक्रम कसरी चलाउने, शुभकामना मन्तव्य कसरी राख्ने, सञ्चालकमा हुनु पर्ने गुण, प्रष्ट वक्ता कसरी बन्ने, मनोसाजिक परामर्श, महिला सशक्तिकरण लगायतका विषयमा तालिम दिइएको छत्कुलीले बताउनुभयो ।
गाउँपालिका भित्रका ४३ जना महिलाहरुको सहभागिता रहेको तालिमको अर्जुन अधिकारी र लक्ष्मी गीरीले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापनको कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको लागि यो तालिम महत्वपुर्ण भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि महिलाहरुको क्षमता बिकाश र नेतृत्वका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न भएको तालिममा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, प्रशासन शाखा अधिकृत अनिता छत्कुली लगायतको उपस्थिति रहेको थियो।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |