धादिङ । सिद्धलेक गाउपालिका वडा न ४ मा रहेको कालिदेवी माविमा बाल क्लव गठन गरिएको छ । निर्वाचन प्रक्रिया बाट गठन गरिएको बाल क्लवको अध्यक्षमा सितल थापा मगर निर्वाचित भएका छन् ।
२५ सदस्यि रहेको बाल क्लवको उपाध्यक्षमा दिवस थापा मगर,सचिवमा श्रृष्टि पाटा मगर,सह सचिवमा सरोज गिरी,कोषाध्यक्षमा रोजिना दर्लामी रहेका छन् ।
सिद्धलेक गाउपालिकाको स्थानिय पाठ्यक्रम तथा सामाजिक शिक्षा बिषयमा रहेको निर्वाचन प्रक्रियालाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक तरिकाले बिद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले निर्वाचन प्रणाली बाट बाल क्लव गठन गरिएको कालिदेवी माविका शिक्षक सुनिल थापा मगरले बताउनु भएको छ ।
गठित बाल क्लवले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हक हितमा काम काम गर्ने र यस बाल क्लव बिद्यायलको बार्षिक कार्यक्रम अनुसार गठन गरिएको बिद्यालयका प्रधानाध्यापक बावुराम तामाङले बताउनु भयो । निर्वाचन प्रक्रियाको मतदान अधिकृतको रुपमा शिक्षक नरमान श्रेष्ठ तथा शरण रेग्मि रहनुभएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |