धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ जेठ ।
गैसस महासंघ धादिङले मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या समाधानको माग गर्दै जिल्ला प्रशाासन कार्यालय धादिङमा ज्ञायपन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत अर्थमन्त्रालयलाई मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटको समस्या समाधानको माग गर्दै ध्यानआकर्षण पत्र बुझााएको हो ।
नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गर्दै नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेको प्रति गैरसरकारी संस्था महासंघ नेपालकोको गम्भीर ध्यानाकर्षण भएको छ ।
मुनाफारहित कार्य गर्ने सामाजिक संघ संस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियम भित्र रही सरकारको सहयोगीको रुपमा असहाय तथा पछाडि परेका वर्ग समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर÷भ्याटको समस्या हल गर्न साथै मुनाफारहित सामाजिक संघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरि समस्याको समाधान गनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |