नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ३, सोमबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

दिपा लम्साल
  • २०८० जेष्ठ १४, आईतबार
  • ३ साल अघि
  • ९ मिनेट पढाइ
  • ५७६१ पटक पढिएको
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिनुभयो । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताउनुभयो । “हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा ग¥यौँ”, उहाँले भन्नुभयो, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उहाँको भनाइ छ । “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उहाँले भन्नुभयो ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताउनुभयो । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उहाँको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताउनुभयो ।

“अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियो”, उहाँले भन्नुभयो, “विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए ।” रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताउनुभयो । “सहरीकरणका कारण ठूला–ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन”, उहाँले भन्नुभयो, “चौतारी भत्काइनु, पोखरी पुरिने ढुङ्गेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो ।”

हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । परिवर्तनको सङ्घारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

२ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

२ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

२ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

४ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

४ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

५ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

६ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

६ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

६ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

६ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

६ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

६ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0