धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र प्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजना अघि बढाउनुपर्ने धारणा राख्न्ुभएको हो । उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो। त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बतानुभयो।
निजगढ अन्तरराष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बूढीगण्डकी आयोजना जस्ता आयोजनालाई आगामी आवको बजेटमा समावेश गर्नु जरुरी छ।
बूढीगण्डकीका लागि त राज्यले १ खर्बभन्दा बढी रकम संकलन गरिसकेको छ। राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्ने बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |