अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् ।
सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु ३० लाख लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |