वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी, ५ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
बिहीबार सम्पन्न गाउँसभाको १७औं अधिवेशनमा अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सविता अर्यालले रु ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेट सभा समक्ष पेश गर्नुभएको हो।
आगामी वर्षको बजेटमा सडक, शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको जनाइएको छ। पालिका अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम र बजेट सिद्धलेकबासीको चाहना र आवश्यकता अनुरूप तय गरिएको बताउनु भयो ।
उपाध्यक्ष सविता अर्यालले जनप्रतिनिधि र कर्मचारीको समन्वयमा समयमै तयारी थालिएकोले बजेट निर्धारित मिति भन्दा अगावै प्रस्तुत गर्न सम्भव भएको बताउनुभयो।धादिङका १३ स्थानीय तहहरूमध्ये आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने सिद्धलेक पहिलो स्थानीय तह बनेको हो।
गाउँपालिकाले दिगो, भरपर्दो तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिने,एक वडा एक पर्यटन क्षेत्र निर्माण गरिने,विश्वमै दुर्लभ मानिएको काँडे भ्याकुरको प्रवर्धन गने,पालिकालाई मौरी पालनको हबको रुपमा विकास गर्ने जस्ता निति तथा कार्यक्रम ल्याएको हो ।
गाउँ सभाले आर्थिक विधेयक २०८२ तथा विनियोजन बिधेयक २०८२ समेत सर्व सहमती रुपमा पास गरेको छ ।





मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।