वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ । जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकामा तेस्रो गाउपालिका स्तरिय सुन्दर हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।मार्पाक सामुदायिक क्लबको आयोजना, निरन्जना मा. बि. को संयोजन साथै गजकेशर थामे अधिकारी कल्याण समाजको मुख्य प्रयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कुण्डलादेवी मा. बि. कि छात्रा युनिका श्रेष्ठ प्रथम भएकी छिन् । उनले नगद रु ३०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छिन्। त्यसैगरी चौतारा मा.बि. का पवन तामाङ्ग दृितिय भई नगद रु २०००र( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त र निरन्जना मा. बि. का युनिका गुरुङ्ग तृतिय भई नगद १०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै निमार्चोक आ. बि. का तारा बि. क. र मंगलादेवी मा. बि. का असिम था. म. क्रमश चौथो र पाचौ भए उनिहरुले नगद रु ५००-५००र प्रमाणपत्र प्राप्त गरे त्यसै गरि निरन्जना मा. बि. का अक्षरा अधिकारी छैटौ हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरे थिए। प्रतियोगितामा बाकी ४७ जना सहभागीहरुलाई पनि निरन्जना मा. बि. को तर्फबाट सान्त्वना पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।
नेत्रावती डबजोङ्ग गाउपालिकाभित्रका बिध्यालयहरु मध्ये निरन्जना मा. बि. बाट २२ जना, चौतारा मा.बि. बाट १० जना, निमार्चोक आ. बि. बाट ९ जना, मंगलादेवी मा। बि। बाट ५ जना, कुण्डलादेवी मा. बि. बाट ४ जना, मार्पाक पोखरा आ. बि. बाट २ जना र थला आ. बि. बाट १ जना सहभागी रहेको प्रतियोगितामा कुल ५३ जना बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाली र अग्रेजी दुबै माध्यामबाट सम्पन्न प्रतियोगितामा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग विशेष आतिथ्यतामा श्री निरन्जना मा. बि. को प्राङ्गणमा सम्पन्न भएको मार्पाक सामुदायिक क्लबका अध्यक्ष शिव कार्कीले बताएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।