नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे ।
त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाए । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित ५ रन जोडे । बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । ९५ बल खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विरन्दीप सिंहले ४६ रन बनाए भने मोहम्मद आमिरले १७ रन जोडे ।
त्यस्तै, खिजार ह्यायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाए । विजय उन्नीले १२ रन जोडे भने सायद अजिज १३ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झारे । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।
त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई० हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |