धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०४ बैशाख ।
गजुरी गाउँपालिकाले सरकारी सेवाप्रती आर्कषण बढाउन लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालनमा ल्याएको छ । गजुरी गाउँपालिकाको आयोजना तथा आर्दश बहुमुखी क्याम्पसको व्यवस्थापनमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालनमा आएको हो।
गजुरी गाउँपालिका लगायत समग्र धादिङ जिल्लाकै हकमा निजामति सेवामा अत्यन्तै न्युन जनशक्ति रहेकोले लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय युवा वर्गको आर्कषण बढाउन कक्षा संचालन गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गजुरीमै कक्षा संचालन भएपछि विद्यार्थीहरुलाई कक्षा लिनको लागि काठमाडौँसम्म जानु पर्ने बाध्यता हटेको श्रेष्ठले बताउनुभयो ।
संघीय निजामती सेवाको ना सु तथा खरिदार तयारी कक्षा रहेको छ भने प्रदेश र स्थानी तहको हकमा सहायक चौँथो र पाँचौतहको तयारी कक्षा तथा शिक्षक सेवा आयोगको हकमा प्रा वि तहका तयारी कक्षा सन्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
तयारी कक्षामा १२ सकेर बसेका विद्यार्थी तथा ब्याचलर पढ्दै गरेका र सरकारी विद्यालयमा अध्यापन गराइ रहेका अस्थाइ करारका शिक्षकहरु सहभागी हुन सक्नेछन् । कक्षा बेलुका ५ बजेदेखि १ घण्टा संचालन हुने छ।
युवा वर्ग लक्षित कार्यक्रम भएकोले सम्पुर्णलाई तयारी कक्षामा सहभागी हुन श्रेष्ठले आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु संचालन गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |