Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन बिषयमा कार्यशाला सम्पन्न

नीलकण्ठ एफ.एम २२४४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २९, बुधबार (३ साल अघि)
त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन बिषयमा कार्यशाला सम्पन्न

धादिङ,२९ चैत्र ।
बालमैत्री स्थानीय शासन समितिको बैठक तथा बालमैत्री आचार संहिता र कार्यविधि, कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका महिला तथा बालबालिका शाखा वडा नं ३ को कार्यालयको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएका हो ।

बालमैत्री स्थानीय शासन आचार संहिता निर्माण तथा कार्ययोजना तर्जुमा कार्यशालाको उद्धघाटन वडा अध्यक्ष कमल बहादुर थापाले गर्नुभएको हो । कार्यक्रममा बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि वडा नं. ३ ले २०८० सालभित्र वडालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको थापाले बताउनु भयो ।

कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर बालबालिकाको सर्वाेत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति, योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएको बताउनुभयो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत अभियानको रुपमा अगाडि बढाईएको उहाँले बताउनु भयो ।

बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडात हमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका, अभिभावक, बिद्यालय, जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको महिला तथा बालबालिका शाखा प्रमुख देवकोटाले बताउनु भयो ।

वडा नं ३ का वडा अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित १९ जनाको सहभागीता रहेको थियो । कार्यशालामा त्रिपुरासुन्दरी गाउँपालिकाका निबर्तमान अध्यक्ष शुम्भु कुमार श्रेष्ठ, वडा नं ३ का निबर्तमान वडाध्यक्ष लोकेन्द्र थापा समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा पनि बालमैत्री स्थानीय शासन आचार संहिता तथा कार्ययोजना तयारी सम्बन्धि कार्यशालामा सम्पन्न भएको छ । वडाध्यक्ष कपिलदेव सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो ।

कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न वडास्तरबाट गर्नु पर्ने कार्यहरु बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता निर्माण, वडा तथा पालिका तहमा बालसंञ्जाल गठन, परिचालन, बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र अधिबक्ता सुनिता कडेलले सहजिकरण गर्नु भएको त्रिपुरासुन्दरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • समाचार
    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0