धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धदिङ,१६ फागुन ।
गंगाजमुना गाउँपालिकामा रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न भएको छ । लिबर्ड संस्थाको आयोजनामा गाउँपालिकाको कार्यालयमा एक दिने रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न हो ।
विद्यालयमा बालबालिकाहरुलाई दिने दिवा खाजामा अर्गानिक खानेकुराहरु समावेश गर्नुपर्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका सुचना अधिकारी हेमन्त ढकालले बताउनुभयो ।
तालिममा प्रत्येका वडाका दुई विद्यालयका दिवा खाजा बनाउने १/१ जना गरी १४ जनाको सहभागिता रहेको थियो ।
तालिममा कोदोको खजुरी पप, कर्कलोको पकौडा, कोदोको सेलरोटी, काउलीको पकौडा, खाले सिम सागको पकौडा लगायतका परिकारहरु बनाउन सिकाइएको छ । तालिममा बनाएका परिकारहरुलाई प्रर्दशनी समेत गरिएको थियो ।
तालिममा महिला उद्यमी रेखा शर्मा चौधरीले सहजीकरण गर्नुभएको थियो ।
साथै तालिममा प्रत्येक वडाका १/१ जना स्वंयम सेविकाहरुलाई पोषण सम्बन्धि जनाकारी गराइएको थियो ।
तालिममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिँखडा, विभिन्न वडाका वडा अध्यक्षहरु र स्वंयम सेविकाहरु ल्गायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |