धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ फागुन ।
धादिङको नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम जारी रहेको छ ।स्वास्थ्य शिवीर कार्यक्रम अन्र्तगत शुक्रबार वडा न १ को मार्पाक स्वास्थ्य चौकीमा ६५ जना र वडा न २ को पोखरा ताङजा डाँडामा ३९ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो।

प्रिक्षण गराएका मध्ये ११ जनामा प्रेसर र ९ जनामा सुरग देखिएको छ ।नेत्रावती डवजोङ अस्पतालका मेडिकल अधिकृत डा.उत्तम थापा मगरको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण सेवा संचालन गरिरहेका छन् ।

यसै गरी फागुन ११ गते नेत्रावती डबजोङ गाउँपालिका वडा नं २ र ३ को केउरा बस्ती, धाराधीरी र टिकाढुङ्ग मा स्वास्थ्य शिविर संचालन हुने बताउनु भएको छ । नेत्रावती डबजोङ गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिकहरुलाई गाउँमै गएर स्वास्थ्य परिक्षण गर्ने नयाँ कार्यक्रमको सूरुवात गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |