कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धादिङद्धारा एक दिने समन्वयत्मक गोष्ठी सम्पन्न गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा. सन्दिप सिलवालको अध्यक्षतामा बिहीबार समन्वयत्मक बैठक सम्पन्न भएको हो ।
जिल्ला भर रहेको १३ वटै स्थानीय तहका पशुसेवा शाखा प्रमुख तथा प्राविधिक कर्मचारीहरुको उपस्थिति रहेको बैठकमा पशुपंक्षीहरुमा लाग्ने संक्रामक रोग र रोग विरद्ध सप्ताहव्यापी खोप कार्यक्रम संचालन सम्बन्धमा छलफल गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धादिङ स्रोतले जानकारी दिएको छ ।
स्थानिय तहको पशु सेवा शाखाको आ.व. २०७९/०८० मा संचालन हुनुपर्ने कार्यक्रम कार्यन्वयन अवस्थाका बारेमा पनि बैठकमा छलफल गरिएको बताइएको छ । प्रदेश र संघीय शसर्त समेत कार्यक्रमहरु संचालनको क्रममा कतिपय स्थानीय तहहरुमा केही समस्या भैरहेकोले कार्यक्रम कार्यान्वयनका लागि पनि सजिलो हुने भएकाले समन्वयात्मक बैठकको आयोजन गरिएको थियो । आजको बैठकबाट आगामी फागुन १ गतेदेखी ७ गतेसम्म संचालन गरिने साताव्यापी खोप कार्यक्रम संचालन गर्नेबारे छलफल गरिएको थियो । धादिङ जिल्लाभर रहेका पशुपंक्षीहरुमा खोप कार्यक्रम संचालनका लागि सबै स्थानीयतहहरुमा पूर्व तयारीका कार्य गर्नुका साथै स्थानीयतहहरुमा संचालन भैरहेका कार्यक्रमहरुको रिर्पोटिङ लागायतका विषयमा पनि बैठकमा छलफल गरिएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।