Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

४०९० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका आधारमा ०७६ साल मै चालीसगाउँलाई नयाँ पर्यटन गन्तब्य घोषणा गरिसकेको छ । यो घोषणा पछि भिटोफको टोलि पहिलो पटक रुवीभ्याली ४ स्थित चालीसगाउँमा थप पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकनका लागि काठमाडौंबाट आज ९माघ १८ गते० हिडेको हो ।

भिटोफको नेतृत्वमा दुई दिनको भ्रमणका लागि निस्किएको टोलीमा विभिन्न पर्यटन सँग सम्बन्धि संघ संस्थाका प्रतिनिधी, पर्यटन व्यवसायीहरु, पर्यटन विज्ञ र पत्रकारहरु छन् भ्रमण पछि ‘रुवीभ्यालीलाई चल्तीको गाउँ पर्यटन केन्द्र रुपमा ब्रान्डिङ गरिने भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले धादिङपोष्टलाई बताए ।

करिब १६० घरधुरीको बसोबास रहेको चालीसगाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ । गाउँमा तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन गर्न पाइन्छ ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रुवीभ्यालीको संक्षिप्त परिचय
विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।

भू(आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ ।

रुवीभ्याली पदयात्रा
धादिङ जिल्लाको रुवीभ्याली पदयात्रा पर्यटनका लागि ख्याति कमाएको गन्तव्य हो । गणेश हिमालको उज्यालोमा झलमल्ल छ भ्याली । साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनाइएको छ । भ्याली १,५३० मिटरदेखि ४,३४० मिटर उचाइमा फैलेको छ । पाङशाङ भन्ज्याङ ९३,८५० मि।० भएर तिप्लिङ गाउँ हुँदै चालीस गाउँ, बोराङ, र्झालाङ र डुनडुरेसम्म रुबी भ्याली सर्किट पदयात्रा गरिन्छ । पाङशाङबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाको मीठो दृश्य देखिन्छ ।

सोमदाङबाट जस्ता खानी हुँदै डेढ दिनमा पाल्दोर पिक ९५,९०३ मि।० को बेस क्याम्पमा पुगिन्छ । त्यस्तै हिन्दुङ गाउँबाट ठाडो ओडार, दोब्रेडाँडा हुँदै दुई दिनमा गणेश हिमाल ९७,४२२ मि।० को बेस क्याम्प ९४,५५० मि।० मा पुगिन्छ । रुवीभ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ । असला माछाका लागि प्रख्यात आँखु खोला छ जहाँ फिसिङ गर्न सकिन्छ । त्यस्तै प्राकृतिक तातोपानीका तीनवटा कुण्ड छन् । गणेश कुण्ड, कालो दह, सेतो दह पनि छन् । केही झरना पनि छन् । चट्टान आरोहणको सम्भावना पनि छ । गाउँमा घले राजाको अठारौं शताब्दीका दरबारका भग्नावशेष छन् ।

जैविक विविधताका हिसाबले पनि रुबी भ्याली सुन्दर छ । विभिन्न जडीबुटी, लालीगुराँस आदि पाइन्छ । जङ्गल क्षेत्रमा जीवजन्तु र चराचुरुङ्गीको बसोबास छ । दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइन्छ । रुबी भ्याली सर्किट पदयात्रा सोम्दाङबाट सुरु भएर पाङशाङ भन्ज्याङ, तिप्लिङ, चालीस गाउँ, हिन्दुङसम्म पुगेर गणेश हिमाल बेस क्याम्पसम्म पुग्छ । बेस क्याम्पबाट त्यही बाटो फर्केर तातोपानी, बोराङ हुँदै झारलाङसम्म पदयात्रा गरिन्छ । झारलाङबाट धादिङबेसीसम्म गाडीमा यात्रा । यसरी काठमाडौंबाट यात्रा गर्न ११ दिन लाग्छ । हिन्दुङसम्म टि हाउस टे«किङ सम्भव छ । तर, गणेश हिमाल बेस क्याम्प र पाल्दोर पिक बेस क्याम्पमा होटल सुविधा छैन ।

कसरी पुग्ने रुवीभ्यालीस्
काठमाडौं–त्रिशूली–स्याफ्रुबेसी १३२ कि।मि।, जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसी–गटलाङ–सोमदाङ ५० कि।मि।, जीपमा ४ घण्टा । सोमदाङबाट पदयात्रा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धि थप
  • सिद्धलेकमा बाढी प्रभावित परिवारलाई राहत वितरण

    सिद्धलेकमा बाढी प्रभावित परिवारलाई राहत वितरण

  • बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • समाचार
    सिद्धलेकमा बाढी प्रभावित परिवारलाई राहत वितरण

    सिद्धलेकमा बाढी प्रभावित परिवारलाई राहत वितरण

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0