कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१६ माघ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ माध्यमिक विद्यालयले जितेको छ।तिनदेखी जारी भएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसँगै उपाधी निलकण्ठले उचालेको हो ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नीलकण्ठ माविले राष्ट्रपति रनिङ शिल्ड हात पारेको श्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण सहित नीलकण्ठ माविले उपाधि जितेको हो। शुक्रबारबाट सुरुभएको यस प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, ५ स्वर्ण सहित चन्डेश्वरी मावि तेस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमीले चौथो हुन सफल भएको छ ।
स्वर्ण पदक बराबर भएपछि अन्य मापदण्डका आधारमा चण्डेश्वरी मावि तेस्रो भएको हो । २८ सरकारी र ५ निजी गरी ३३ माध्यामिक विद्यालय रहेको यस नगरपालिकाका २१ वटा माविहरुले भाग लिएका थिए ।प्रतियोगिताका विजेताहरुलाई शिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको उप सचिव नारायण प्रसाद वाग्लेले जानकारी दिनुभयो।छात्र भलिबलमा नीलकण्ठ र छात्रा भलिबलमा प्रकाश मावि प्रथम भएका छन्।
कबड्डी छात्र र छात्रा दुबैमा बालमन्दिरले तिजेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच कार्यक्रममा प्रमुख अतिथी नगर उप प्रमुख दिपक विश्वकर्माले पुरस्कृत गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा उप सविच नारायण प्रसाद वाग्ले,नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,शिक्षा विकास तथा समन्वय ईकाईका कृष्ण कुमार श्रेष्ठ,श्रोत व्यक्ति मेघनाथ कोईराला, शिक्षा अधिकृत प्रकाशदत्त भट्ट वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।