धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ माघ
बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका वडा नं ६ का वडाध्यक्ष अध्यक्ष भक्त बहादुर तामाङले बताउनु भएको छ । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भईसकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्दित भएर कार्य गर्ने बेला आएको बताउनुभयो ।
्विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको कार्यशाला संचालन गरिएको हो। कार्यशालामा ५० जना सरोकारवालाहरु उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन ,शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ,सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध , परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ, शिक्षक, बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल ,गजुरी गाउपालिकाका श्रोत व्यक्ति सुजन भण्डारी ,प्रयास नेपाल धादिङका रेनुका रुपाखेति , दशरथ डुवाडीले सहजिकरण गर्नु भएको थियोे ।
कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी , अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता निर्माण गरिएको र पुर्ण रुपमा कार्यान्वयन गरिने इन्द्रायणी आधारभुत बिद्यालयका प्रधानाध्यापक सुरज श्रेष्ठले बताउनु भयो ।इन्द्रायणी आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षतामा भएको कार्यशाला शुक्रबारबाट शुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको रेनुका रुपाखेतीले जानकारी दिनु भयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |