कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ, १३ माघ ।
धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औँ बार्षिक उत्सव तथा रजत जयन्ती बिहिबार सम्पन्न भएको छ । रजत जयन्तीको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । उत्सवकै अवसर पारेर बृहत सरसफाई,रक्तदान,लोक नृत्य प्रतियोगिता र अभिभावक नृत्य सहितका कार्यक्रमहरु सम्पन्न गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । नीजि लगातीबाट स्थापित भएको विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा पहिचाहन बनाउन सफल भएको छ ।

शैक्षिक सुधारको लागि विद्यालयले विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको छ । विद्यालय नर्स तथा मनोपरामर्श जस्ता कार्यक्रमहरु विद्यालययले सन्चालन गरीरहेको छ । यसैबीच बिहिबार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपव विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा जनप्रतिनिधि,विद्यालयका सन्चालक र सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठले स्थापनाकाल देखि हालसम्मको प्रगतीका विषयमा जानकारी गराउनु भएको थियो ।वर्तमान समयमा समय अनुसार पठनपाठन गरि जिल्लाको नमुना विद्यालयको रुपमा रहेको बताउदै स्थानीय सरकारले निजी विद्यालयहरुलाई पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । यसैगरी प्रमुख अतिथि दिपक विश्वकर्माले व्यवाहरिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नीलकण्ठ नगरपालिकाले शिक्षा बिकासलाई प्राथमिकतामा राखेर काम गरिहेको र निजी विद्यालयको बृद्धि बिकासमा आवश्यक सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमकै अवसर पारेर अविभावक नृत्य प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगितामा कल्पना तामाङ प्रथम ,लक्ष्मी थापा द्धितीय , निर्मला सुस्लिङ तृतिय र अस्मिता ठकुरी सान्त्वना हुनुभएको छ ।प्रतियोगितामा प्रथम दितिय तृतिय हुनेलाई क्रमस ५ हजार , ३ हजार , २ हजार , र एक हजार सहित सहभागीलाई समेत प्रमाणपत्र,मायाँको चिनोद्वारा सम्मान गरीएको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयमा लामो समयसम्म कार्यरत शिक्षक कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।२०५४ सालमा स्थापना गरीएको विद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।