धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ माघ ।
माघ ६ र ७ गते हुने बागमती प्रदेश नेपालको प्रथम प्रदेश परिषद् भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।धादिङबेसीमा बिहिबार पत्रकार सम्मेलन गरेर प्रथम बाग्मती प्रदेश परिषद् भेलाको तयारी अन्तिम चरणमा पुगेको बागमती प्रदेश नेपाल प्याब्सनका अध्यक्ष केशवराज श्रेष्ठले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा १३ ओटै जिल्लाका जिल्ला अध्यक्षको वार्षिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत र छलफल गर्नुका साथै निजी विद्यालयका समस्या,सम्भावना र चुनौतीको विषयमा छलफल हुने श्रेष्ठले बताउनुभयो ।माघ ६ गते १३ वटै जिल्लाका पदाधिकारीहरु ब्यानर,झन्डा सहित दिउँसो २ बजे पुछार बजारदेखी सिरान बजार सम्म र्यालीमा सहभागि हुने आयोजकले जानकारी गराएको छ ।
साथै ३ बजे कार्यक्रम उद्घाटन गरिने, साढे ५ बजे खुल्लासत्रको कार्यक्रम समापन हुनुका साथै ७ गते विहान ८ बजे बन्दसत्र प्रारम्भ गरी १२ बजे समापन हुने प्याब्सन बाग्मती प्रदेश नेपालका सचिव ऋषिराम नेपालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।प्याब्सन नेपालका केन्द्रिय अध्यक्ष डिके ढुङगाना र प्रदेश सांसद गोविन्द प्रसाद लम्सालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिने छ। कार्यक्रममा १३ जिल्लाका जिल्ला स्तरीय कार्यसमितिका सदस्यहरु, सल्लाहकार तथा पदाधिकारीहरुको सहभागिता हुने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |