वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
वाग्मती, २७ पुस ।
वाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ ।
सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा सो विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये वाग्मतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको २०७९/८० मा रु तीन करोड ९४ लाख बजेट विनियोजन गरी वाग्मती प्रदेशको प्रथम आर्युवेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ । मकवानपुरको विभिन्न स्थानमा आर्युवेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरणसमेत भइसकेको प्रतिवेदनमा उल्लेख छ । वाग्मती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कामर्यक्रम गरिएको छ ।
अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उहाँले जानकरी दिनुभयो । कोरोना महामारीको सङ्क्रमण रोकथाम र डेङ्गु रोग नियन्त्रण गर्न सो अवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ ।
यसैबीच मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या हालसम्म पाँच हजार आठ सय १० पुगेको सो मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो तथ्याङ्क गत साउनदेखि आजसम्मको रहेको छ । जसमा तीन हजार एक सय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला रहेका छन् । डेङ्गु सङ्क्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटाँैडा उपमहानगरपालिमा रहेको सो कार्यालयले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।