धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२१ पुस
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं :
१. तह तहमा कपडा लगाउने
एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर न्यानो हुन्छ। जाडोमा बुनेका या रेशमको कपडाहरु लगाउँदा तातो हुन्छ। एकैपटक मोटो कपडा लगाउनुको सट्टा पातलो पातलो ताप दिने कपडा लगाउनु पर्छ।
२.खुट्टालाई तातो राख्नुहोस्
खुट्टालाई तातो बनाउनाले जाडोमा धेरै राहत हुन सक्छ। त्यसकारण घरमा बस्दा भित्र लगाउन मिल्ने चप्पलहरुको प्रयोग गर्नुपर्छ। साथै मोजा लगाउनाले पनि खुट्टा तताउन महत्वपूर्ण भूमिका खेल्छ। मोजा लगाउँदा कहिलेकसो पसिना आउने हुनाले मोजा फेरीरहनु पर्छ। खुट्टा तातो हुँदा सहजै निन्द्रा पनि पर्छ।
पुरै घरमा हिटरले तातो बनाउनु भन्दा सम्भव भएसम्म बिजुलीबाट तात्ने ब्लान्केट प्रयोग गर्नु उचित हुन्छ। यसले बिजुली पनि कम खपत हुन्छ र पैसा समेत बचत हुन्छ।
४.घाम ताप्ने
दिउँसो एकैछिन समय मिलाएर घाम ताप्नाले शरीर न्यानो हुन्छ। दिउँसो घाम पर्ने कोठाका पर्दाहरु खोल्नाले कोठा पनि तातो हुन्छ।
५.सक्रिय रहने
शरीर सक्रिय रही रहंदा न्यानो हुन्छ। एकैछिन हिड्ने, हात खुट्टा चलाई रहने गर्नाले शरीरमा उर्जा रहीरहन्छ।
६. कोठा तातो बनाउनुहोस्
घरमा बाहिरबाट चिसो आउने, झ्याल, ढोका बन्द गर्नुहोस्। तर घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ त्यसैले विचार गर्नुपर्छ।
७. स्वस्थ र तातो खानेकुरा खाने
जाडो मौसममा सकेसम्म तातो तातो नै खानेकुरा खाँदा शरीरलाई फाईदा हुन्छ। स्वस्थ खानाले शरीरमा उर्जा दिईरहन्छ।
स्रोतः स्वास्थ्य खवर पत्रिकाबाट
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |