वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ को भोग्टेनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना तथा प्रत्यूष नेटवर्क प्रा.ली.को समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेत्रावती डवजोङ गाउपालिका वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालको जवाफ गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछाने, गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल र वडा अध्यक्ष तील बहादुर गुरुङले दिएका थिए ।
कार्यक्रममा योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछानेले सार्वजनिक सुनुवाईको उद्धेश्य तथा औचित्य माथि प्रकाश पार्दै गाउपालिकाले सुसाशन पारदर्शिता र जवाफदेहिताको लागी हरेक बर्ष जस्तै यस बर्ष पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाँले यस किसिमको कार्यक्रमले सेवा प्रदायक र सेवा ग्राहि बिचको दुरी कम हुदै जाने समेत बताएका छन् ।
सोहि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले आगामी दिनहरुमा गाउँपालिकाका सबै विकासका योजनाहरु दिगो विकास हुने गरी योजना बद्ध ढङगले जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि गरिने बताउनु भएको छ । उहाँले कर्मचारी तथा जनप्रतिनिधिहरुको काम कारबाहिमा केहि गुनासो भए आफुलाई जानकारी दिन समेत आग्रह गरेका छन् ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङले उठेका सवालको जवाफ दिँदै आफुले भ्याए सम्म वडाको हक हितमा सदैव लागी रहने बताउनु भएको छ । 

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।