वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१ पुस ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ वलीडाँडामा सामुदायिक अभिमुखीकरण अन्तरगत पहिलो चरणको समुह छलफल सम्पन्न भएको छ । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरीएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा १ सय ३१ जनाको सहभागिता रहेको थियो ।

बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गरेको हो। बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी र मनोविमर्शकर्ता रामकुमार थापा र वित्तीय साक्षरता कक्षाले सुरक्षित बैदेशिक रोजगारको प्रक्रिया र विद्यमान समस्याको विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा कागजपत्रको महत्व,सिपको महत्व,ईजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी गराउनु भएको थियो । यसैगरी मनोविमर्शकर्ता रामकुमार थापाले बैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या,लक्षण,वित्तिय साक्षरता कक्षाको फाईदा,पारिवारीक विखण्डन रोक्ने उपाय,धरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराउनु भएको थियो ।
स्वदेशमै रोजगारी गरौँ यदि विदेश जानेनै भए सहि सुचना र सिप लिएर जाउँ भन्ने उदेश्यले नीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । नगरपालिकाले बैदेशिक रोजगारको लागी जानेलाई निःशुल्क सिप, न्याय, समस्याको परेको व्यक्तिको उद्धार र आप्रवासी श्रोत केन्द्र सन्चालन गरीरहेको छ ।कार्यक्रममा वडा अध्यक्ष ध्वज बहादुर गुरुङले बैदेशिक राजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागि वडाले सहयोग गर्ने बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।