नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ६, बिहिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
मुख्य समाचार
ताजा समाचार

माओवादीलाई सरकारमा नजान आन्तरिक दबाब

  • २०७९ मंसिर २७, मंगलबार
  • ३ साल अघि
  • १३ मिनेट पढाइ
  • २१७८ पटक पढिएको
माओवादीलाई सरकारमा नजान आन्तरिक दबाब

काठमाडौं । निर्वाचन नतिजा आएर निर्वाचन आयोगले त्यसलाई राष्ट्रपति सामु औपचारिक प्रस्तुत गर्दैगर्दा दलहरू नयाँ सरकार निर्माणको दौडधुपमा छन् । कांग्रेसले एमाले र माओवादी बाहेक नै र एमालेले पनि कांग्रेस र माओवादी बाहेक नै सरकार बनाउन सक्ने शक्ति समीकरण देखिए पनि अहिलेकै गठबन्धनले सरकार बनाउने बढी सम्भावना छ । त्यसो त कांग्रेस र एमाले मिलेर स्थिर सरकार दिनुपर्ने मत पनि जबर्जस्त छ । यही गठबन्धनको सरकार बन्दा माओवादी केन्द्रको समर्थनको महत्वपूर्ण राजनीतिक अर्थ छ । तर, माओवादी केन्द्रमा भने अब सरकारमा जानुहुन्न भन्ने मत प्रभावी बन्दै गएको छ । संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि बाहिरै बसेर भए पनि समर्थन गर्न सकिने, संबैधानिक पद र प्रदेश सरकारमा गठबन्धन गर्न सकिने संघीय सरकारमा भने यो एक चरण कुनै हालतमा सहभागी हुन नहुने आन्तरिक दबाबमा माओवादी केन्द्र छ ।

माओवादी अनवरत सरकारमा भुल्दा जनताका मुद्दा कमजोर परेको र संगठनात्मक मजबुतीसहित एउटा सामाजिक जागरणको राजनीतिक अभियान निर्माण गर्न जरुरी भइसकेको महसुस पछिल्ला दिनमा अझ बढी गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताले अनुभूति गर्ने तहमा पुनर्ताजगी नगर्ने हो भने ऐतिहासिक राजनीतिक उपलब्धि नै खतरामा पर्न सक्ने संकेत यो निर्वाचनमा समेत देखापरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा भन्दै वैदेशिक स्वार्थ–सरोकार बोक्ने ठानिएको र नरम दक्षिणपन्थी शक्तिका रुपमा घण्टीको उदय भएको छ भने अन्तर्यमा बिखण्डन नियत बोकेका, मधेशमा सीके राउत र थारु समुदायमा रेशम चौधरीको उदय भएको छ । अनि पुरातन राजावादी शक्ति राप्रपा राजेन्द्र लिङदेनको कलेबरमा हैसियतसहित आएको छ । संघीयता, समावेशी, समानुपातिक जस्ता आन्दोलनको उभारमा आएका माओवादी केन्द्र, जसपा, लोसपा जस्ता शक्तिहरू कमजोर परेका छन् । कांग्रेस र एमाले जस्ता यथास्थितिवादी शक्ति हाराहारीमै छन् ।

जनयुद्ध गरिरहेको नेकपा (माओवादी) शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गर्दा पहिलो संविधानसभाको चुनावबाट प्रत्यक्ष तथा समानुपातिक गरी दुई सय २० सिटका साथ सबैभन्दा ठूलो दल बनेको थियो । त्यतिखेरको उसको समग्र मत हिस्सा २९ दशमलव २८ प्रतिशत थियो भने दोस्रो संविधान सभासम्ममा विभाजित भइसकेको माओवादी मत हिस्सा घटेर १५ दशमलव २१ प्रतिशतमा झरेको थियो । संविधान घोषणा भएपछिको पहिलो निर्वाचनमा त्यो झन् घटेर गयो । कुल मत हिस्सामा तुलनात्मक रूपमा कम ह्रास आयो तर ह्रास भने आयो । १३ दशमलव ६५ प्रतिशतमा झ-यो । यो मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम अनुसार त माओवादी केन्द्रको मत हिस्सा ११ दशमलव २८ प्रतिशतमा सीमित भएको छ ।

जसको बलिदानी संघर्षको जगमा उथलपुथकारी राजनीतिक परिवर्तन संभव भयो, त्यो नै किन क्रमशः खुम्चिंदो छ । त्यसैले जनताका मुद्दाहरूको पुनर्ताजगी र सशक्त संगठनात्मक पहको अनिवार्यता झन धेरै महसुस गर्न थालिएको हो ।विवेकशील हुँदै बालेन र रविसम्म आउँदा बाह्य लगानी र न्यु मिडिया प्रयोगको जबर्जस्त प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता स्वयंले भनेका छन् कि निर्वाचनमा ४० हजार मानिस परिचालन गरियो । त्यो परिचालनको आर्थिक स्रोत र ब्यबस्थापन कसको हो ? यसको मिसन के हो ? उक्त पार्टीको संरचना रातारात कसरी र कुन वैचारिक आधारमा बन्यो ? प्रश्नैप्रश्नका बीचमा छ यो खेल । यसलाई परिवर्तनकामी राजनीतिक शक्तिहरूले समयमै चिर्नु जरुरी छ । सामान्य व्यक्ति, जो सामाजिक राजनीतिक क्षेत्रमा देखिए–सुनिएको नै हुँदैन, एकै पटक कसरी हावी भए ?

१० वर्ष अगाडिको तुलनामा राजनीतिक आन्दोलनले स्थापित गरेको धर्मनिरपेक्षताका सट्टा हिन्दु राष्ट्रको अवधारणा समेत प्रभावशाली बनेर गएको छ । भारतका हिन्दुवादीहरुले भारतमा र नेपालमा समेत हिन्दु राष्ट्रको घोषणा नगरिए हिन्दुको अस्तित्वमा संकट आउने बताएका छन् । विज्ञहरूका अनुसार सन् २०१९मा भाजपाले ठूलो बहुमतका साथ जिते यता नेपाललाई समेत हिन्दु राष्ट्र बनाउने उसको मनस्थिति झन बलियो भएको छ । चीनको अनपेक्षित उदयको चिन्ताले भारतमा यो हदको छट्पटी निर्माण भएको हो । चीनले यो अवधिमा गरेको आर्थिक विकासले आफ्नो वर्चस्वमा धक्का लागेको महसुस गर्दै चीनलाई विश्वका लागि खतराका रूपमा प्रस्तुत गर्ने नीति अमेरिकासँगै भारतले पनि जारी राखेको छ । अमेरिका त पहिलाभन्दा निकै आक्रामक भएर लागेको छ ।

चीनलाई घेर्न एसिया प्रशान्तको ठाउँमा हिन्द प्रशान्त क्षेत्रीय नीतिलाई सैनिक रणनीतिकरूपमा निर्माण, उदीयमान चीन र भारत जस्ता देशहरूको बीचमा रहेको नेपालको भूराजनीतिक मूल्यमा वृद्धि भएको बुझाइ र त्यसकारण नेपालको असंलग्न पक्षधरता भङ्ग गर्ने प्रयास तथा नेपाललाई एमसीसी सम्झौतामा संलग्न गराई संसदबाट यसलाई अनुमोदन गराउने नीति अवलम्बन त्यसैका परिघटना हुन् ।

भारतको स्वार्थ हुँदै यसरी नेपालको आन्तरिक मामलामा अमेरिका समेत छिरेको छ । अमेरिका आफू अनुकूल निर्वाचन भयो कि भएन, आफू अनुकूलको शासन सत्ता चल्यो कि चलेन, त्यस आधारमा लोकतन्त्र र विधिको शासनको सूत्रलाई अगाडि बढाउने गर्छ । अमेरिकी सहयोगमा चलेका आईएनजीओ, एनजीओ र मानवअधिकारकर्मीहरूले जनतामाझ लोकप्रिय हुन सक्ने एजेन्डालाई उठाएर प्रदर्शन चर्काउने गर्छन् । यस्ता जमातमा सामेल हुने व्यक्तिहरू राजनीतिक विचार वा दर्शनबाट होइन लोकप्रिय एजेन्डामा संगठित हुन्छन् । अमेरिकी सहयोगमा चलेका व्यक्तिहरूले विभिन्न देशमा यसरी आन्दोलन गराउने गरेका छन् ।

नेपालको भूराजनीतिक मूल्य अमेरिकाका लागि धेरै बढ्नुमा चीन अमेरिकाको प्रमुख प्रतिस्पर्धी हो । चीनलाई घेराबन्दीमा हाल्ने रणनीतिक योजनामा नेपालको भूराजनीतिक स्थितिको मूल्य बढेकोले यहाँ उसले आफ्नो अनुकूलको वातावरण बनाउन खोजेको देखिएको छ । अमेरिकाको कूटनीतिक प्रयासले नेपाललाई असंलग्न आन्दोलनको बिन्दुबाट उतातिर घिसार्दै लगेको छ । इन्डो प्यासिफिक सैनिक रणनीतिभित्रको एक इकाइको रूपमा रहेको एमसीसी परियोजनालाई संसदबाट संसदभित्रकै प्रमुख दलको सहयोग र समर्थनमा अनुमोदन गराउने सफलता अमेरिकालाई प्राप्त भइसकेको छ ।

नेपालको छिमेकी भारत र चीन दुवै, रुसले युक्रेनमाथि गरेको आक्रमणको परिदृश्यमा अमेरिकाभन्दा रुस निकट देखिएका छन् । नेपालले भने अनावश्यक रूपमा अमेरिकी प्रभावमा परी युक्रेनको पक्ष लिएको छ । नेपालमा अमेरिकाले ध्यान दिनुको कारण चाहेको बेला यस वरिपरिको क्षेत्रमा अस्थिरता कायम गर्ने मनसाय हो ।त्यस स्वार्थमा परम्परागत पार्टीलाई प्रभावमा राखिरहने र जनबिश्वास देखाउन नयाँ दलहरू निर्माण गर्ने अमेरिकी रणनीति नेपालमा पनि सफल हुँदै त छैन ? अविश्वसनीय शक्तिहरूको भण्डाफोर गर्न, कमजोर राष्ट्रियतालाई मजबुत गर्न, कमजोर बनाउन खोजिएको संघीय गणतन्त्रलाई मजबुत गर्न र जनताका मुद्दामा एकाकार हुन माओवादीले सरकारमा होइन, एकपटक सडकतिर, जनतातिरको यात्रा गर्नुपर्ने दबाब यसैले निर्माण भएको हो । नेताका असान्दर्भिक सत्ता यात्राले दिक्क भएका र आक्रोश स्वरुप घण्टी र अरुहरुतिर भड्किएका जनतामा राजनीतिक परिवर्तनप्रति बिश्वास जगाइराख्न अब ढिलो भइसकेको छ । परिवर्तन जोगाउने अनि यसको गतिलाई व्याबहारिक अनुभूति हुने गरी लागू गर्न दबाब दिने काम माओवादी केन्द्रले नै गर्नुपर्छ, जनताको विश्वास जितिराख्न चाहने हो भने । समयबद्ध साप्ताहिकबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

५ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

५ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

५ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

६ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

६ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

१ हफ्ता अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0