रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२६ मंसिर
धादिङ अस्पतालको ४६ ओै वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ । वार्षिक उत्सव स्वास्थमन्त्री निमा लामाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै स्वास्थमन्त्री निमा लामाले डब्लुएचको मापदण्ड अनुसार कुनै पनि सरकारको बजेटको १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्नेमा हामीले स्वास्थ्य मन्त्रालयको झण्डै पाँच अरबको बजेट बनाउन सफल भएको बताउनुभयो । त्यसैगरी धादिङ अस्पतालको सेवा विस्तारको लागि राम्रो बजेट छुट्याएको र थप बजेटको लागि पनि पहल गर्ने स्वास्थ्यमन्त्री लामाले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेशसभासद गोविन्द लम्सालले विकास र स्तरोन्नतिको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
यस्तै बार्षिक उत्सव समारोहकै अवसरमा अस्पतालमा ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ गरिएको छ भने असल छिमेकी नेपालको सहयोगमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालमा संचालित प्रेषण केन्द्र उद्घाटन पनि गर्नुभएको छ । हरेक एम्बुलेन्समा जिपीएस सेवा जडान गरि एम्बुलेन्स सेवा लिनको लागि १०२ मा डायल सेवा शुभारम्भ पनि आजै गरीएको छ ।
हरेक एम्बुलेन्समा जिपीएस सेवा जडान गरिएको हुन्छ र कुन एम्बुलेन्स कुन क्षेत्रमा रहेको छ थाहा हुन्छ त्यहि अनुसार एम्बुलेन्स पठाउनु पर्ने ठाउँमा पठाउने काम यो १०२ डायल सेवाले गर्ने मेसु डा।मधुकर दाहालले बताउनुभयो । यो १०२ डाईल सेवा निशुल्क हो २४ सैं घण्टा सुचारु हुन्छ ।
धादिङ अस्पतालका संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तै प्रदेशसभासद गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा लगायत विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा लामो समय काम गरेका कर्मचारीहरु, अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था र सेवा निवृत कर्मचारीहरुलाइ प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालका नर्स तथा कर्मचारीहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |