वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२० मंसिर।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज नीलकण्ठ नगरपालिकामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नगरपालिका भित्रका ५ वटा विद्यालयका १० जना छात्र/छात्राहरुको सहभागिता रहेको थियो।

सभ्य समाजको पहिचान,लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने शिर्षकमा सम्पन्न भएको प्रतियोगितामा शंखादेवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने अनिशा श्रेष्ठ प्रथम हुनुभएको छ ।यसैगरी सांकोष माविका सुनिल वि.क. द्धितीय,नीलकण्ठ माविकी गोमा सापकोता तृतीय र नीलकण्ठ माविकै रमेश तामाङ सान्त्वना हुनुभएको छ।

नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद वाग्ले,कार्यक्रममा सामाजिक विकास तथा कार्यक्रम शाखाका प्रमुख बिजया अर्याल,कार्यँपालिका सदस्यहरु चिनामायाँ श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले लैंगिक हिंसा विरुद्ध सबै एकजुट भएर लाग्नको लागी आग्रह गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाले लैङ्गिक हिंसा न्युनीकरण गर्नको लागि विभिन्न कार्यक्रम गरीरहेको भन्दै उहाँले हिंसा सहेर नबस्नको लागि पनि आग्रह गर्नुभयो।आफ्नो अधिकार प्राप्तको लागि लड्नु पर्ने भन्दै उहाँले समस्या भएमा नगरपालिकालाई सम्झनको लागि आग्रह गर्नुभयो ।प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई मंसिर २४ गते एक कार्यक्रमकाबिच पुरस्कृत गरीने निर्मला केसीले जानकारी दिनुभयो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।