वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१३ मंसिर
नेकपा(एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन ग¥यौँ ।देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस ग¥यौँ ।” बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
“देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ”, उहाँले भन्नुभयो।बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ ।अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताउनभुयो ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताउनुभयो।निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ ।
“निर्वाचनमा जेजस्तो मत परिणाम प्राप्त ग¥यौँ ।त्यो हामीले सोचेजस्तो छैन”, उहाँले भन्नुभयो,“तर सोचेजस्तो छैन भन्दैमा, गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार आगामी दिनमा सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन ।केही स्थानमा निर्वाचन हुनै बाँकी छ।केही स्थानमा विवाद छन्।
“समानुपातिक मत परिणामबाट राजनीतिक दलहरुले प्राप्त गर्ने सिट सङ्ख्याका आधारमा संसद्को समीकरणमा तलमाथि हुनसक्छ । सरकार गठनको अवस्थाका बारेमा आज हामीले छलफल गरेनौँ”, उहाँले भन्नुभयो, “संसद्को गणित निश्चित हुनुप¥यो । सरकार कस्तो बन्छ भन्ने कुरा पहिले टुङ्गिनु प¥यो । सरकार बन्दा त्यसका नीति कार्यक्रम पाँच वर्षसम्म जान सक्ने सम्भावनाका बारेमा हेरेर मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ।”
सरकारमा सहभागी हुने आधार र वातावरण तयार भएपछि मात्रै यस विषयमा छलफल हुने उहाँको भनाइ छ ।“सरकारमा सहभागी हुने विषयमा आज कुनै निर्णय भएन”,प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।