रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,३० कात्तिक
धादिङ जिल्लाभर कात्तिक ३० गते बुधबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको बस्तु स्थिती, शान्ति सुरक्षाको अवस्था, निर्वाचन आयोगको निर्णय कार्यान्वयन सम्बन्धी प्राप्त पत्र अनुसार कात्र्तिक ३० गते राती १२ बजेदेखी मंसिर ६ गते मध्यान्ह १२ बजेसम्म धादिङ जिल्लाभर र धादिङबेशी बजार क्षेत्र तथा गल्छी बजार क्षेत्रमा निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसार पसार, बिक्रि वितरण र सेवन कार्य निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो ।सूचनाको वेवास्ता गरी उल्लेखित क्रियाकलाप गरे वा गराएमा प्रचलित कानुन बमोजिम सेवनकर्ता र बिक्रेतालाई कारबाही हुने सूचनामा उल्लेखमा गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |