रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२६ कात्तिक ।
धादिङमा मंसिर २१ गतेदेखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघको आयोजनामा मंसिर २१ गतेदेखी भलिबल प्रतियोगिता सन्चालन गर्ने निर्णय भएको जिल्ला भलिबल संघका जिल्ला अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो।
भलिबल खेलको प्रबद्र्धन र विकास गरी जिल्लाका खेलाडीहरु पहिचान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले जानकारी दिनुभयो ।जिल्ला भित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क भने पाँच हजार रहेको छ।
धादिबेसीमा सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीय हुने टिमले नगद ५० हजार ५ सय ५५ र तृतीय हुने टिमले २० हजार २ सय २२ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
टिम दर्ताको लागि एक टिममा १२ जना मात्र हुनुपर्ने,१–१ जना टिम कोच र टिम म्यानेजर हुनुपर्ने,जिल्ला भित्रका खेलडी मात्र सहभागी हुन पाउने,अनिवार्य अगाडी पछाडी जर्सिमा नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |