धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
धादिङ,१६ कात्तिक ।
बुधबार धादिङमा ६९ जना डेंगीका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङको अनुसार ३८ जना पुरुष र ३१ जना महिला गरी कुल ६९ जना संक्रमित थपिएका हुन् ।
हालसम्म जिल्लामा १ हजार १०२ जना पुरुष र ९३७ महिला गरी कुल २ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २५६ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, गल्छीमा ९६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ । यस्तै त्रिपुरासुन्दरीमा ७५, सिद्धलेकमा ५५, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १३, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट डेंगी परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।