धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाण्डौं,७ कात्तिक ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताउनुभयो । उहाँका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका सङ्क्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् । मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |