Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

५६६७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ५, शनिबार (७ महिना अघि)
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

धादिङबेशी,५ पुस । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकारले ठुलो लगानी र योजना अघि सारेको बताउनुभएको छ। धादिङ अस्पतालको ४९ औँ वार्षिकोत्सवको अवसरमा हिजो आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा मगरले अस्पतालको भौतिक पूर्वाधार, प्रविधि र जनशक्ति व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जग्गाको विवाद अन्त्य र ५० करोडको नयाँ भवन

मन्त्री थापा मगरले लामो समयदेखि अल्झिएको अस्पतालको जग्गा स्वामित्वको समस्या समाधान हुन लागेको जानकारी दिनुभयो। “संघीय मन्त्रालय अन्तर्गत रहेको ३४ रोपनी जग्गा धादिङ अस्पतालको नाममा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो, “जग्गाको स्वामित्व प्राप्त हुनासाथ झन्डै ५० करोड रुपैयाँको लागतमा आधुनिक भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ।” यसअघि जग्गाकै कारण ३ करोड बजेट फ्रिज भएको दुखद अवस्था अब नदोहोरिने उहाँको भनाइ थियो।

धादिङमै नर्सिङ कलेज र सिटी स्क्यान सेवा

धादिङबासीका लागि अर्को खुशीको खबर सुनाउँदै मन्त्री थापा मगरले यसै वर्षदेखि धादिङ अस्पतालमा नर्सिङ कलेज सञ्चालनको प्रक्रिया सुरु गरिएको बताउनुभयो। “अब हाम्रा छोराछोरीले नर्सिङ पढ्न काठमाडौँ धाइरहनु पर्दैन, हामीले धादिङसहित ५ वटा प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेका छौँ,” उहाँले उल्लेख गर्नुभयो।

साथै, अस्पतालमा जटिल रोगको निदानका लागि आवश्यक पर्ने सिटी स्क्यान (CT Scan) सेवा थप गर्न प्रस्ताव पेश गरिसकिएको र डायलाइसिस सेवालाई समेत थप सुदृढ बनाइने उहाँले प्रतिबद्धता जनाउनुभयो।

स्वास्थ्य सचेतना र सरकारी प्राथमिकता

कार्यक्रममा बोल्दै मन्त्रीले स्वास्थ्य भनेको भवन र उपकरण मात्र नभई नागरिकको जीवनशैली पनि भएको बताउनुभयो। नसर्ने रोग (NCDs) का कारण ७१ प्रतिशत मृत्यु भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो: “हामीले भौतिक पूर्वाधार (बाटो, पुल) लाई मात्र विकास देख्यौँ, तर जबसम्म नागरिक स्वस्थ हुँदैनन्, तबसम्म समृद्धि सम्भव छैन। त्यसैले अबको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकीकरण गर्न जरुरी छ।”

प्रदेश सरकारका प्रभावकारी कार्यक्रमहरू

मन्त्री थापा मगरले प्रदेश सरकारले सञ्चालन गरिरहेका दुई मुख्य कार्यक्रमबारे विशेष जोड दिनुभयो:

  • एक विद्यालय एक नर्स: ५०० विद्यालयमा नर्सहरू कार्यरत रहेको र यस वर्ष थप १०० विद्यालयमा विस्तार गरिने, जसले किशोरकिशोरीको प्रजनन स्वास्थ्य र कुलत न्यूनीकरणमा सहयोग पुग्नेछ।

  • मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: ३० वर्ष माथिका नागरिकका लागि वडा-वडामै पुगेर नसर्ने रोगको स्क्रिनिङ (परीक्षण) गर्ने काम भइरहेको।

कार्यक्रममा धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले पनि स्वास्थ्य क्षेत्रमा बजेट र चासो बढाएकोमा मन्त्रीले प्रशंसा गर्नुभयो। धादिङ अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0