Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

२९६४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (९ महिना अघि)
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

धादिङबेशी,१ पुस । गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले शिक्षाको गुणस्तर सुधार र दिगो विकास पाँच पक्षको सहकार्यबिनै सम्भव नहुने स्पष्ट गर्नुभएको छ। सोमबार मण्डली माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष लामाले नीति निर्माता, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र राजनीतिक नेतृत्वबीच समन्वय भए मात्र शिक्षा क्षेत्रमा परिवर्तन सम्भव हुने बताउनुभयो।

“अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले अभिभावकलाई दोष दिने र सबै मिलेर स्थानीय सरकारलाई दोषारोपण गर्ने प्रवृत्तिले शिक्षा अगाडि बढ्दैन,” अध्यक्ष लामाले भन्नुभयो, “हामी सबैले आफ्नो–आफ्नो दायित्व इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ।”

शिक्षालाई राजनीतिक, धार्मिक र जातीय स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माणका काममा दलगत विभाजन गर्न नहुने धारणा राख्नुभयो। “राम्रो स्कूल बने सबैले पढ्न पाउँछन्, राम्रो बाटो बने सबैले हिँड्न पाउँछन्,” उहाँले भन्नुभयो, “अहिले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा राजनीति नगरौँ।”

कार्यक्रममा अध्यक्ष लामाले विद्यालय विकासमा सहयोग गर्ने दाताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। “आफ्ना बालबच्चाको मुख काटेर, दुःख गरेर कमाएको सम्पत्तिबाट विद्यालयलाई सहयोग गर्नु महान कार्य हो,” उहाँले भन्नुभयो, “गाउँपालिकाको तर्फबाट र व्यक्तिगत रूपमा पनि सबै दानीहरूप्रति मुरी–मुरी धन्यवाद दिन चाहन्छु।”

गाउँपालिकाको शैक्षिक सुधारका उपलब्धि उल्लेख गर्दै अध्यक्ष लामाले गंगाजमुनाका ४२ वटै विद्यालयमा स्मार्ट बोर्डमार्फत अध्ययन–अध्यापनको व्यवस्था छिट्टै सुरु हुने जानकारी दिनुभयो। संघीय शैक्षिक अनुदान प्राप्त गर्ने दुई नगरपालिका र ११ गाउँपालिका मध्ये गंगाजमुना गाउँपालिका पनि परेको उल्लेख गर्दै उहाँले यसलाई गर्वको विषय भएको बताउनुभयो।

अध्यक्ष लामाले वडा नं. ५ ले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै वडा अध्यक्ष, विद्यालय परिवार र व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो। “गरिएको कामलाई गर्‍यै भन्न सक्नुपर्छ, कमजोरी देखिए सुधार गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लामाले गंगाजमुनालाई नमूना गाउँपालिका बनाउने लक्ष्यमा सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। “समाज परिवर्तन बाहिरबाट होइन, यहाँ उपस्थित हामी सबैबाट सुरु हुन्छ,” उहाँले भन्नुभयो।

मण्डली माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0