Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

३३७३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ५, शनिबार (३ साल अघि)
आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

काठमाण्डौं,५ कात्तिक ।

शनिवार यमपञ्चक शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ।

शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो।

यमपञ्चकको पहिलो दिन यमदीप दान गर्ने परम्परा छ। कात्तिक कृष्ण त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख  छ। ​धनतेरस पनि शनिबार नै मनाइँदै छ। बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्त्व छ।

यमपञ्चक शनिवार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ। यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा चिनिन्छ। यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ।

सोमबार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन। यो दिन २७ घडी १५ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ। चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र बत्ती नदीमा बगाउने विधान पनि छ। यसो गर्दा ‘नरक जानु पर्दैन भन्ने विश्वास छ।

यो वर्ष लक्ष्मीपूजा पनि सोमबार नै गरिँदैछ। लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रात्रिमा गर्ने विधान छ। भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागेको हो।

मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी। यो दिन औँसी २५ घडी ५७ पला अर्थात् ४ बजेर ३३ मिनेटसम्म रहनेछ। बिहान गाईको पूजा गरिन्छ। साँझमा भने सूर्यग्रहण लाग्नेछ। नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन्। खण्डग्रास ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ।

बुधबार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा। कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन। यो दिन  २३:३० घडी अर्थात् ३ बजेर ११ मिनेटसम्म  बजेसम्म प्रतिपदा छ। यही दिन नेपाल संवतअनुसारको वर्ष फेरिन्छ। ११४३ सुरु हुनेछ। बेलुकी नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ।

बिहीबार अर्थात् कात्तिक १० गते भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ। यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात्  २ बजेर १२ मिनेटसम्म द्वितीया तिथि छ।समितिले यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0