ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
काठमाडौं। सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौ संस्करणको ताज जितेकी हुन् ।
प्रतियोगितामा सुस्मिता अधिकारी फस्र्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् ।
हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् । त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।
मिस टिनले क्राउनसहित नगद ३० हजार , फस्र्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए । प्रतियोगिताले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको उनको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |