ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नुवाकोटका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। बाढीका कारण विस्थापित भई विद्यालय तथा नियमित पठनपाठनबाट प्रभावित भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन शैक्षिक सामग्री सहयोग गरिएको हो।नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित शुन्दर बस्ती टोल विकास संस्था र शुन्दर बस्ती योग साधना केन्द्रको संयुक्त आयोजनामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ अन्तर्गत तुप्चेमा रहेका बाढी प्रभावित बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।बाढीले प्रभावित परिवारका बालबालिका हाल अस्थायी रूपमा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। विपद्का कारण घरपरिवारसँगै उनीहरूको दैनिक जीवन र शिक्षासमेत प्रभावित भएपछि होल्डिङ सेन्टरमै बस्दा पनि पठनपाठनलाई निरन्तरता दिन सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।शुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष तथा शुन्दर बस्ती योग साधना केन्द्रका प्रभारी रेशमराज अधिकारीको नेतृत्वमा बाढी प्रभावित बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।अधिकारीले प्राकृतिक विपत्तिका कारण बालबालिकाको शिक्षा अवरुद्ध हुन नदिन र कठिन परिस्थितिमा पनि उनीहरूलाई पढाइसँग जोडिराख्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो।“बाढीका कारण धेरै बालबालिका विद्यालय जानबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। अहिले होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकालाई पठनपाठनमा केही सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेका हौँ,” अधिकारीले बताउनुभयो।

प्राकृतिक विपत्तिले घर, सम्पत्ति र भौतिक संरचनामा मात्र क्षति पु¥याउँदैन, यसले बालबालिकाको शिक्षा र भविष्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। बाढीबाट विस्थापित भएका परिवारका बालबालिकाले सुरक्षित बसोबास, विद्यालय पहुँच र आवश्यक शैक्षिक सामग्रीको अभावका कारण पढाइलाई निरन्तरता दिन कठिनाइ भोग्नुपर्ने अवस्था आउने गर्दछ।यस्तो अवस्थामा स्थानीय सामाजिक संस्था र समुदायको पहलमा उपलब्ध गराइएको शैक्षिक सामग्रीले बालबालिकालाई पुनः पढाइसँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकालाई विद्यालयको वातावरण उपलब्ध नभए पनि आवश्यक शैक्षिक सामग्रीको सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन सहज हुने आयोजक पक्षको अपेक्षा छ।
विपद्को समयमा राहत वितरण केवल खाद्यान्न र लत्ताकपडामा सीमित हुनु नहुने भन्दै बालबालिकाको शिक्षा र मानसिक अवस्थालाई समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।शुन्दर बस्ती टोल विकास संस्था र शुन्दर बस्ती योग साधना केन्द्रले बाढी प्रभावित बालबालिकाको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै गरेको यो सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।विपद्का कारण सामान्य जीवनबाट विस्थापित भएका बालबालिकालाई आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको पढ्ने अधिकार र शैक्षिक यात्रालाई निरन्तरता दिन समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायले थप ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।बाढीको पीडाबीच पनि बालबालिकाको हातमा पुगेका कापी, कलम तथा अन्य शैक्षिक सामग्रीले उनीहरूको पढाइलाई निरन्तरता दिने मात्र होइन, कठिन परिस्थितिबाट पनि भविष्यप्रति आशावादी बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |