Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

नजिकियो चाडपर्व

नीलकण्ठ एफ.एम १६९२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार (३ साल अघि)
Post Thumbnail

धादिङ,०४ असोज ।
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी नजिकिएको छ । अबको एक साता पश्चात घटस्थापना आउँदैछ भने दुई साताभित्र आम नागरिकहरु मध्य दशैं मनाइरहेका हुनेछन् । दशैंको समयलाई व्यवस्थित बनाउन भन्दै यातायात व्यवसायीहरुले टिकट बुकिङ खुला गरिसकेका छन् भने आम सर्वसाधारणबाट पनि घर विदामा जान यातायातको टिकट काट्न व्यस्त छन् ।

यसकारण पनि अहिले दशैं विदामा जाने तयारी यात्रुहरुबाट भैरहेको छ । यतिमात्रै होइन अहिले सरकारको तर्फबाट पनि विजया दशमीलाई सभ्य र व्यवस्थित वनाउन सरकारी तयारीहरु गरिरहेको छ ।

स्थानीय सरकारले गाउँ गाउँसम्म यात्रा गर्ने सर्वसाधारणको यात्रा कसरी सफल वनाउने भन्ने विषयदेखीको चासो देखाईरहेको बुझ्न सकिन्छ भने प्रदेश र संघीय सरकारले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ । समग्रमा भन्नुपर्दा सरकारको तीन तह स्थानीय सरोकारवालाहरुदेखी सम्पूर्ण सरोकारवालाहरुको चासो दशैंपर्वलाई भव्य सव्य र व्यवस्थित बनाउनुपर्छ भन्ने पक्षमा छन् ।

दशैं पर्वमा विशेषगरी आम सर्वसाधारणले आफ्नो जन्मभुमीमा जाने पूख्र्यौली गाउँसम्म पुग्ने र आफ्ना घर परिवार इष्टमित्रसँग खुसीयाली साटेर टीका जमरा लगाई आशिर्वाद लिने प्रचलन रहेको कारण पनि हरेक दशैंमा आम नागरिकहरु शहर छोडी गाउँ फर्कने गर्दछन् । सरकारले नागरिकको यात्रा सफल र सहज बनाउनैकै लागि निकै ठूलो तयारी गर्दै आएको छ ।

स्थानीय स्तरमा संचालन हुनेदेखी लामो यात्रामा रहने यातायात व्यवसायीहरुसंगै यात्रुहरु पनि चाडपर्वको बेला आफ्नै गाउँसम्म यातायातमा जान पाउँ भन्ने चाहना हुन्छ सरकारले यात्रा सजिलो बनाउन नसक्दा ठूलो आलोचना सहनुपर्ने हुन्छ ।

यसकारण पनि यतिखेर स्थानीय सरकार दशैंको बेला आफ्नो गाउँ टोलसम्मका सडकहरु कसरी सफाई गर्ने भन्नेमा छन् कतिपय स्थानीय तहले अहिलेदेखी नै दशैंबाटो मर्मतको काम सुरु गरिसकेका छन् भने कतिपयले सूचना निकालेर आगामी दशैंबाटो मर्मतको लागि आवश्यक साधन सूचिकृत हुनदेखी कोटेशन माग लगायतका कामहरु गरेका छन् यसले संघ र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार जनताको काम गर्न एक कदम अगाडि भएको बुझ्न सकिन्छ ।

करिब २ साताको अवधिमा मात्रै राजधानी काठमाण्डौबाट मात्रै करिब ५० लाख भन्दा धेरै नागरिकहरु बाहिरिने गरेको विभिन्न तथ्याँकको आधारमा बुझ्न सकिन्छ । यति ठूलो संख्याका नागरिकहरु आवत जावत गर्दाको खर्चको अनुमान गर्ने हो भने यो निकै धेरै हुन सक्छ यसकारण नागरिकहरुले यति धेरै खर्च गरेर मनाउने नेपालीहरुकै मुख्य चाड वडादशैंमा संघ र प्रदेश सरकारको सहयात्रामा सवारी साधनको परिचालनदेखी शान्ति सुरक्षालाई महत्वपूर्ण रुपमा लिनु पर्दछ, यात्रुहरु आवत जावत सहज बनाउन र शान्ति सुरक्षामा ध्यान दिन सकियो भने सरकारको तर्फबाट अरु काममा खासै भूमीका खेल्नु पर्दैन ।

यसमा सरकारी निकायको ध्यान जाओस् । सम्भावित आपराधिक घटना घट्ने क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेना प्रहरीको उचित परिचालन, यातायात व्यवसायीहरुलाई कडा निगरानी तथा परिचालन लगायतका कामहरु प्राथमिकतामा राखेर सरकारले यात्रुको यात्रा सफल बनाउन भूमीका खेलोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0