कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,३० भाद्र ।
यतिखेर प्राय स्थानीय तहले डेंगु नियन्त्रणका लागि पहिलो चरणको प्रदर्शनात्मक काम गरिरहेका छन् ।
हरेक जसो स्थानीय तहले स्थानीय तहबाट बजेट नै खर्च गरेर भए पनि प्रयोगात्मक तथा प्रदर्शनात्मक कार्यक्रम संचालन गरिरहेका छन् यसले स्थानीय तहका नागरिकहरुले लामखुट्टेको टोकाइबाट हुन सक्ने डेंगु रोगको जोखिमबारे जानकारी पाउनेछन् यो सरकारको तर्फबाट जनस्तरमा हुने सकारात्मक काम पनि हो।
अहिले जिल्ला स्वास्थ्य कार्यालय धादिङ हुँदै हरेक स्थानीय तहले नागरिकहरुलाई डेंगुको समस्याबाट मुक्त पार्न प्रयास कायम राखेको भए पनि त्यसले पूर्णता पाउन केही समय लाग्नेछ । लामखुट्टेको सहायताका कारण डेंगु संक्रमण तिब्र हुन सक्ने भएकोले सरकार एक्लै वा लामखुट्टे र डेंगुसंग सरोकार राख्नेहरुले मात्रै यसको समाधान सम्भव छैन ।
यसको लागि आम सरोकारवालाको निरन्तर सक्रियता संगसंगै आम नागरिकको हातेमालोको समेत जरुरी छ । हाल नेपालमा ११ हजार बढिमा डेंगुको संक्रमण पुष्ट भएको छ भने सबैभन्दा धेरै बागमती प्रदेशमा करिब ७ हजार ५ सय जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको छ यसरी हेर्दा बागमती प्रदेशमा मात्रै करिब ७० प्रतिशत भन्दा धेरैमा डेंगु पुष्टि हुनुले बागमती प्रदेश साच्चै गम्भीर मोडमा रहेको अनुमान गर्न सकिन्छ ।
यो वर्ष सबैभन्दा कम कर्णली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ भने, गत वर्षहरुमा डेंगुको समस्या गम्भीर बन्ने अनुमान गरिएको मधेष प्रदेशमा १ सय ८० जनामा संक्रमण देखिएको छ ।
यसअधिको कोरोना संक्रणको समस्या समेत पुनः बढ्दै गईरहेको अवस्थामा डेंगुको संक्रमण तिब्र हुँदै जाँदा एउटा नागरिक, स्वास्थ्यकर्मी वा विशेषत : यो वा त्यो भन्दा पनि सिंगो राज्य नै गम्भीर बने मात्रै यो समस्याको समाधान सम्भव छ अन्यथा स्वास्थ्य क्षेत्रमा पुनः अर्को खतरा बढ्न सक्नेमा दुइमत छैन ।
अहिले गाउँ गाउँका नागरिकहरु डेंगु के हो ? यो कसरी र कुन प्रजातिको लामखुट्टे वा के–के को माध्यमबाट सर्न सक्छ भन्ने खालको जिंगल नै बनाएर गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटिराखेका समाचाहरु आईरहेका छन् जनमानसमा देखिएको प्रमुख समस्यामा स्वास्थ्यकर्मीहरु जोडिनु अनिवार्य विषयका साथै यो विषम परिस्थितिमा काम गर्ने स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् ।
डेंगु लाग्दा उच्च ज्वारो आउनुका साथै आँखा रातो हुने, टाउको पेट र जोर्नी दुख्ने शरिमा विविरा आउने, वाकवाकी लाग्ने लगायतका लक्षणहरु डेंगुको लक्षण हुन् । डेगुँ लाग्दा विभिन्न मांसपेशीमा रगत जमेको जस्तो देखिने लगाएतको लक्षणहरु समेत देखिने भएकोले जुनसुकै मिल्दो जुल्दो लक्षण देखिए अस्पताल वन नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
डेंगु जरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्न जरुर हुन्छ । हाम्रो वरपर देखिएको पानीका खाल्डा पुर्ने र घरका झ्यालढोकामा जाली राख्ने लगायतका विधिहरु अपनाएको खण्डमा केही हदसम्म रोकथाम गर्न सकिने भएकाले यसतर्फ सबैले ध्यान दिऔं ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।