कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२९ भाद्र।
कुनैपनि घटना, दुर्घटना वा हुनसक्ने सम्भावित अधिकतम क्षतिबाट बच्नको लागि सबैभन्दा धेरै भूमीका वीमा कार्यक्रमले खेलेको हुन्छ । पछिल्लो समय जति पनि नागरिकहरुले आफ्नो दैनिक क्रियाकलापलाई सहज वनाउन विमा कार्यक्रममा सहभागि हनुपर्ने थियो त्यो हुन सकेको छैन । राज्यका कुनैपनि क्षेत्रभित्र रहेका आम नारिकहरुले विमा कार्यक्रममा जोडिएर व्यापार व्यवसायदेखी आफ्ना सबै प्रकारका क्रियाकलापहरु संचालन गर्न सक्नु वर्तमान आवश्यकता बन्दै गईरहेको छ ।
अहिले देशभरका विभिन्न स्थानीय तहहरुमा विमा कम्पनिका कार्यालयहरु खुलेको सहजै देख्न सकिन्छ । जुन जिल्ला क्षेत्र वा सदरमुकामका वरिपरि पुग्नेले वीमा कम्पनिको होडिङ बोर्ड सजिलै देख्न सक्छन् । बजारको पनि सबैभन्दा महंगा भाडाका घरदेखी सामान्य नागरिकका चहलपहल हुने ठाउँसम्म विमा कम्पनिले आआफ्नो कार्यालयको होर्डिङ बोर्ड राखेर कार्यालय संचालन गरिरहेका छन् तर, ति कम्पनिहरुले के के को विमा गर्छन, कसरी गर्छन् ? विमा के का लागि गरिन्छ र सरकारले विमा कार्यक्रमको लागी कस्तो खालको नीति कार्यक्रम संचालन गरिरहेको छ भन्ने कुराको ज्ञान समेत आम नागरिकमा छैन यसकारण पनि विमा कायक्रम आम नागरिकको पहुँचमा पुग्न नसकेको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय यातायात क्षेत्रलाई करिव करिब अनिवार्य विमा जस्तै पारिएको छ जसका कारण आम मानिसहरुले यातायात क्षेत्रमा आफ्ना लगानीहरु बढाइरहेका छन् । यातायात संचालन भएको बजार क्षेत्र वा नेपालको जुनसुकै स्थानीय तहको होस पक्की सडकहरुमा हेर्दा यातायातको साधनहरु यति धेरै बाक्लो संचालनमा आइरहेको देख्न सकिन्छ । यसले के देखाउँछ भने विमासंग जोडिएका क्षेत्रहरु अन्य क्षेत्रको तुलनामा निकै धेरै सुरक्षित छन् र हामीले यस्तो खालका गतिविधि अलि धेरै नै देखिराखेका हौला ।
हुनतः अहिलेको स्थानीय तहले विमालाई नागरिकको पहुँचसम्म पु¥याउन विमामा अनुदान लगायतका कार्यक्रमहरु पनि अगाडि बढाईरहेको छ । विमा कार्यक्रममा प्रोत्साहन र अनुदानका कार्यक्रम संचालन गरिएका स्थानीय तहहरुमा कृषि विमा लगायतका क्षेत्रहरुमा पनि केही अभ्यास गरेको पाइन्छ ।
विमा कार्यक्रम जुन जुन स्थानीय सरकारले संचालन गर्ने निर्णय गरेको छ यो प्रशंसनिय काम पनि हो । किसानले एकपटक विमा गरेको आफ्नो कृषि वस्तुको क्षति भैहालेको खण्डमा किसानले क्षति बापतको विमा दावी भुक्तानी लिन सक्दा किसान आफैं उत्साहित हुन्छन् र अर्कोपटक सरकारले फेरी विमा गराइराख्न अनुदान दिन पर्दैन ।
जुन कार्यक्रम स्थानीय तहसम्मकै नागरिकले लाभ पनि लिने भए पहँुच पनि बढाउँदै लैजान सकिने भयो यसर्थ पनि विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान आम सरोकार राख्नेहरुले जो दिनुपर्छ ।
अहिले विमा कार्यक्रमबाट लाभ लिनकै लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले जुन प्रकारको सकारात्मक भूमीका खेलिरहेको छ, त्यसलाई प्रभावकारी बनाउन आम सचेत नागरिकले विमाका बारेमा बहस, सकारात्मक बनाउनु जरुरी छ यसले आम नागरिकको हितको पक्षमा पैरवी समेत गर्छ यसकारण विमालाई आम नागरिकको पहुँचमा पु¥याउन भूमीका खेलौं ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।