कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२२ भाद्र ।
अहिले कतिपय नागरिक अगुवा वा अन्य कुनै पनि तहको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुदेखी आगामी नेतृत्वको आकाँक्षा राख्नेहरु सामाजिक संजालमा आ आफ्ना कामहरुको प्रचार गर्ने र नागरिक माझ पु¥याउने काम गरिरहेका छन् ।
पछिल्लो समय मोवाइल तथा इन्टरनेटको प्रयोग बढ्नाले प्रयोगका कारण पनि एउटा सकारात्मक याम नकारात्मक कुराको प्रचार गर्न वा नागरिकको हात हातमा पुग्नको लागि खासै धेरै समय चाहिँदैन यसकारण पनि जुन सरकार वा संघ संस्थादेखी जहाँ जहाँ जे जे भरहेको छ त्यस विषयपर चाँडो चाँडो जानकारी प्राप्त गर्न सकिन्छ र भैरहेका पनि छन् ।
अहिले भर्खर मात्रै स्थानीय निर्वाचन सकिएको लगभग ४ महिना मात्रै भएको छ भने आगामी केही महिनाभित्र संघ र प्रदेश स्तरको निर्वाचन हुनेगरी सरकारले काम गरिरहेको छ । यस अघि गाउँ नै नवसेका नेता कार्यकर्ताहरु गाउँ पसेका छन् भने स्थानीय वडाका अगुवा नागरिकहरुलाई कसले आफ्नो पक्षमा पार्ने भन्ने बारेमा पनि होडवाजी नै चलिरहेको छ ।
त्यसको स्पष्ट संकेतको रुपमा नेता कार्यकर्ताहरु गाउँमा उपस्थिति हुन सुरु गरेको र पार्टी प्रवेश लगायतका कुराहरु उठिरहेको लगायतका क्रियाकलापहरुबाट प्रष्ट देख्न र बुझ्न समेत सकिन्छ ।
यो आम नागरिकका लागि सुखद् वा राम्रो पक्ष हो तर, आजसम्मको स्थितिसम्म आइपुग्दा नेता कार्यकर्ता निर्वाचनको अवधिमा गाउँ आउने र सो अवधि अघिपछि गाउँ छाड्ने जुन खालको परम्परा छ यो काम सरासर गलत छ । यसमा आम सरोकारवालाहरुले सुधार गर्न केही पक्षहरु उपर काम गर्नुपर्ने हुन्छ ।
यतिवेला सबैभन्दा बढी विकास भएको क्षेत्र दुर संचारको क्षेत्र, इन्टरनेटको क्षेत्र वा विजुली उत्पादन नेटवितरण तथा उपयोगका क्षेत्रहरु रहेका छन् । सडक, सोलार कार्यक्रम खानेपानी वा मुख्य पिच सडकदेखी ग्रामीण सडकको पनि उत्तिकै विकास भएको पाउन सकिन्छ तर, नागरिकको अपेक्षा अनुसारको विकास भने पक्कै पनि भएको छैन ।
यसर्थ नागरिकको अपेक्षा अनुसारको जसले विकास गर्न सक्छ उसलाई आम नागरिकले एक पटकका लागि हेर्छ, यो विषय पनि सामाजिक संजालको माध्यमबाट उठिरहेकै विषय हो ।
अहिले हर्क साङ्पाङ्देखी काडमाण्डौ महानगरपालिकाको मेयर बालेन्द्र शाह लगायतले आफूहरुले जनसहभागितामै काम सम्पन्न गरेको कुराहरु गरेर आफु नागरिकको पक्षमा काम गर्ने जानकारी दिएका छन् । यस अवधिमा उनीहरुले गरेको कामलाई आधार मान्ने हो भने, देशैभर रहेका जनप्रतिनिधिदेखी सबै स्तरका कर्मचारीहरु दिलो ज्यानका साथ विकास निर्माणमा हातेमालो गर्नूपर्छ ।
पानी वत्तिदेखी अन्य विकासका पूर्वाधारहरु तयारीको लागी आम नागरिकले चासो राखे भने धेरै दिन कुर्नु पर्दैन । एकले थुकी सुकि धेरैले थुकी नदि भन्ने नेपाली उखानलाई चरितार्थ गर्नेगरी विकास निर्माणमा उनीहको विशेष ध्यान जाओस् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।