नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ ।
वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।
भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, बंगलादेश, कतार, टर्की, इटाली र पोल्याण्ड रहेका छन् ।
यस्तै, क्यानडा, फ्रान्स, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, भुटान, पराग्वे, तान्जानिया, फिलिपिन्स, मोजाम्बीक, मेक्सिको, जापान, इजरायल, न्युजल्याण्ड, बेलायत, इथियोपिया, पाकिस्तान, आइसल्याण्ड, चिली, म्यानमार, स्पेन, ग्वाटेमाला, लिथुवानिया, नाइजेरिया, इजिप्ट, चेक रिपब्लिक, फिनल्याण्ड, ग्रिस, जर्मनी, गाबोन, युगाण्डा, केन्या, कुवेत, बुल्गेरिया, डोमेनिकन रिपब्लिक, माडागास्कर, सर्विया र भेनेजुयलासँग पनि नेपालको व्यापार घाटा रहेको छ ।
श्रीलंका, हंगेरी, कजाकास्तान, कोस्टारिका, पेरु, रोमानिया, स्वाजील्याण्ड, पपुगा न्युगिनी, बहराइन, यमन, स्लोभाकिया, इरान, नामिबिया, सर्विया, सिरिया लियोन, रुस, मोरक्को, जोर्डन र जमैकासँग पनि नेपालको व्यापार घाटामा रहेको विभागले जनाएको छ ।
नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, माली, अंगोला, मंगोलिया, पोर्चुगल, क्रोयसिया, न्यु क्यालेडोनिया, लेबनान, लाट्भीया, मौरिसस्, स्लोभेनिया, अष्ट्रिया, स्वीडेन, नर्वे, कम्बोडिया र डेनमार्क रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |