Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

नीलकण्ठ एफ.एम ७३७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (३ साल अघि)
राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

काठमाडौँ, २९ साउन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन्, अब उम्मेदवार सिफारिसको क्रम चलेसँगै थप चुनावी माहोल बन्नेछ, केही समयमै चुनावी जागरण अभियान चल्छ ।”

नेपालीको यस वर्षका मुख्य चाड दसँै, तिहार र छठमा हुने साथीभाइ तथा आफन्तजनबीचको भेटघाटले थप चुनावी रौनक प्रदान गरी चहलपहल र प्रचारप्रसारले तीव्रता पाउनेछ । नेकपा ९एमाले०का केन्द्रीय सदस्य गणेशकुमार पहाडीले मुलुकका सबै राजनीतिक दलका गतिविधि पूरै निर्वाचन केन्द्रित भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीले सञ्चालन गर्ने शुद्धीकरण र सुदृढीकरण अभियानलाई निर्वाचन अभियानकारुपमा जोडेर लगेको छ, बैठक, भेला र प्रशिक्षण चुनाव केन्द्रित गरिएको छ, एमालेले घोषणापत्र निर्माण समिति र निर्वाचन परिचालन मूल कमिटी पनि घोषणा गरिसकेको छ ।”

आगामी निर्वाचनलाई केन्द्रित गरी मुलुकका प्रमुख राजनीतिक शक्तिबीच गठबन्धन र चुनावी तालमेलका विषयमा दिनहुँजसो वार्ता तथा संवाद चलिरहेको छ भने जिल्ला तहमा सम्भावित उम्मेदवारको छनोटका लागि चर्चा परिचर्चा सुरु भइसकेको छ ।

नेकपा (माओवादी केन्द्र) की नेत्री जयपुरी घर्तीले  पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीका बैठक बसिरहेकाले उनीहरुले गर्ने निर्णयपछि स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समयपछि प्रशिक्षण सुरु हुन्छ, त्यो जनतासमक्ष पुग्ने योजना छ, अब सबै गतिविधि निर्वाचन केन्द्रित हुन्छ ।” अर्कोतर्फ निर्वाचन आयोगले पनि ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन अर्जुनदृष्टिका साथ मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिकामा मिति घोषणादेखि निर्वाचन अवधि प्रारम्भ, बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।

उहाँले भन्नुभयो, “अबको आयोगको अन्तिम गन्तव्य वा अर्जुनदृष्टि भनेको आगामी मङ्सिर ४ गतेको निर्वाचन नै हो, निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने र मिल्ने तयारी गरिसकेको छ ।”

सरकारले यही साउन १९ गते आगामी निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन तयारीका लागि आयोगसँग एकसय सात दिन उपलब्ध छ । आयोगले अहिले खासगरी निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिलाई अन्तिम रुप दिने र निर्वाचन सामग्री व्यवस्थापन तयारीलाई उच्च प्राथमिकता दिएको छ । आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकामा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0